टिपरमा एकाएक आगलागी
आइतबार, ०८ भदौ २०८२, ०८ : १२
सारांश
- उदयपुरको कटारी नगरपालिकामा एक टिपरमा आगलागी हुँदा १९ लाखको क्षति भएको छ।
- दुधौलीबाट मिर्चैयातर्फ गइरहेको टिपरमा वायरिङ सर्ट भई आगलागी भएको थियो।
- आगलागीबाट मानवीय क्षति नभएको र घटनाबारे अनुसन्धान भइरहेको छ।
उदयपुर । उदयपुरमा एक टिपरमा एकाएक आगलागी भएको छ । कटारी नगरपालिका–१ चुरीयास्थित सिद्धिचरण राजमार्गमा गएराति भएको उक्त आगलागीमा करिब १९ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
दुधौलीबाट मिर्चैयातर्फ गइरहेको ना ८ ख ५९४१ नम्बरको गिट्टी बोकेको टिपरमा राति ११:४५ बजे वायरिङ सर्ट भई अगाडिको क्याबिन भागमा आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट मानवीय क्षति भने भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले आइतबार जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शरणार्थीको संरक्षण र सम्मान सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
ट्रम्पको नियमले अमेरिकी बन्न नसक्ने यी स्टार जसले अमेरिकालाई जिताइरहेका छन्
-
‘एक विद्यालय एक करेसाबारी’ सञ्चालन गर्दै गैँडाकोट
-
जापानले जुलाईदेखि भिसा शुल्क पाँच गुणा वृद्धि गर्ने
-
एघार महिनामा म्याग्दी हुँदै सात लाख पर्यटक मुस्ताङ पुगे
-
हिमाली हावा र हिमशृंखलाको अनुभव लिन ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण