अपडेट
प्रचण्डले बोलाए पदाधिकारी बैठक
आइतबार, ०८ भदौ २०८२, ११ : ०९
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन्।
- स्थानीय समिति निर्णय कार्यान्वयन, एकता, अभियान र समसामयिक राजनीतिबारे छलफल हुनेछ।
- पार्टीभित्रको गुट विघटन र विप्लव नेतृत्वको नेकपासँगको एकताको विषयमा पनि छलफल हुनेछ।
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् ।
आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
गजुरेलका अनुसार पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ ।
साउन १९ गते बसेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो । विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा(एकीकृत समाजवादी)सँग एकताका लागि छलफल जारी राख्ने निर्णय गरेको थियो ।
तर अझै पनि यस विपरीतका गतिविधि जारी रहेको भन्दै यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
-
बागमतीका कृषि मन्त्री पौडेलले भने–अब सरकारको नेतृत्व जसको संख्या पुग्छ त्यसले गर्छ
-
उर्लाबारीबाट भरुवा बन्दुक र विस्फोटक पदार्थ बरामद
-
मध्यपहाडी राजमार्गको जयराम–हलेसी खण्ड मर्मतका लागि टेन्डर आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण