मितेरी सहकारी ठगी प्रकरण : तीन जना प्रतिवादीको बयान छैटौँ दिनमा पनि जारी
सारांश
- मितेरी सहकारी ठगी प्रकरणका अभियुक्तहरूको बयान छैटौँ दिनसम्म जारी छ।
- ललितपुर जिल्ला अदालतमा सुनुवाइ भइरहेको मुद्दामा एक जना प्रतिवादीको बयान बाँकी छ।
- थुनछेक बहस सोमबारदेखि सुरु हुने र फरार अभियुक्तहरूको खोजी जारी छ।
काठमाडौँ । मितेरी सहकारी ठगी प्रकरणका तीन अभियुक्तको बयान र थुनछेक बहस आज छैटौँ दिन पनि जारी रहेको छ । पूर्वमन्त्री एवं कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नी ज्योती गुरुङ जोडिएको सहकारी ठगीको यो मुद्दामा आज एक जना प्रतिवादीको बयान सकिएपछि थुनछेक बहस हुनेछ ।
ललितपुर जिल्ला अदालतमा न्यायाधीश निर्मला योङयाको इजलासमा यस मुद्दाको सुनुवाइ चलिरहेको छ। भदौ १ गते जिल्ला अदालतमा दर्ता भएको मुद्दामा २ गतेदेखि बयान सुरु भएको हो । एक जना प्रतिवादीले बयानमा दुई दिनसम्म समय लिएपछि यो मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । दुई जनाको बयान सकिएकाले आज १ जनाको मात्रै बयान बाँकी छ ।
आज बयान सकिएमा भोलि एकै दिन थुनछेक बहस सक्नका लागि 'टाइम कार्ड'को लागि इजलासमा आफूहरूले माग राख्ने जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायाधिवक्ता भरतकुमार मैनालीले रातोपाटीलाई जानकारी दिए । 'मंगलबार श्रीमानको बिदा छ त्यसैले सोमबार समय व्यवस्थापन गरेर थुनछेक बहस सक्नका लागि हामीले टाइम कार्ड माग गर्नेछौ,' मैनालीले भने ।
पक्राउ परेका अभियुक्तहरू बर्दियाका ४३ वर्षीय ज्योतिबहादुर भण्डारी, ३४ वर्षीय सुरेश अधिकारी र धादिङका ३६ वर्षीय सुवास खत्रीलाई थुनामै राखेर मुद्दाको बाँकी कारबाही अघि बढाउने कि बाहिरै बसेर मुद्दा लड्न दिने भन्ने विषयमा सोमबारदेखि थुनछेक बहस हुनेछ ।
सहकारी ठगी मुद्दामा ८ जना प्रतिवादी बनाइएकोमा प्रहरीले ३ जना मात्र पक्रेर अदालतमा पेस गरेको छ । धनराजपत्नी ज्योति गुरुङसहित ५ जना फरार छन् ।
फरार रहनेमा स्याङ्जाकी ४७ वर्षकी ज्योति गुरुङ, स्याङ्जाकै ८१ वर्षका कुम्भराज गुरुङ, खोटाङका ४९ वर्षीय विजयकुमार राई, बागलुङका ३५ वर्षीय प्रदीप भन्ने प्रीतम अधिकारी र सिन्धुपाल्चोकका ३३ वर्षका अर्जुन अराम रहेको अभियोगपत्रमा उल्लेख छ । ठगी, लिखत कसुर, अभौतिक मुद्रा, नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतको कसुर र सङ्गठित अपराधमा उनीहरूविरूद्ध मुद्दा चलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ वर्षीय बालक मृत्यु प्रकरण : साइकलले किचेपछि आत्तिएर पोखरीमा शव फाल्ने बालबिज्याँईकर्ता पक्राउ
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण