कुल विदेशी विनिमय बढ्यो, असार मसान्तसम्म २६ खर्ब ६६ अर्ब पुग्यो
सारांश
- नेपाल राष्ट्र बैंकका अनुसार विदेशी विनिमय सञ्चितिमा उल्लेख्य वृद्धि भएको छ।
- २०८२ असार मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले बढेको छ ।
- अमेरिकी डलरमा सञ्चिति २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले कुल विदेशी विनिमय सञ्चिति वृद्धि भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको रिपोर्टअनुसार २०८१ असार मसान्तमा रु.२० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१.२ प्रतिशतले वृद्धि भएको हो । जसअनुसार २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको बैंकको भनाइ छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असार मसान्तमा २७.७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको तथ्याङ्कमा उल्लेख छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३०.६ प्रतिशतले वृद्धि भई रु.२४१४ अर्ब ६४ करोड पुगेको छ ।
यस्तै बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८२ असार मसान्तमा ३६.६ प्रतिशतले वृद्धि भई रु.२६३ अर्ब ४ करोड कायम भएको तथ्याङ्कमा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण