बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
नेपाल राष्ट्र बैंककाे रिपाेर्ट

एक वर्षको महँगी ४.०६ प्रतिशत, मसला र मासुकाे मूल्य घट्यो

आइतबार, ०८ भदौ २०८२, १५ : ०६
आइतबार, ०८ भदौ २०८२

सारांश

  • आर्थिक वर्ष २०८१/८२ मा देशको महँगी दर ४.०६ प्रतिशत पुगेको छ।
  • गत आर्थिक वर्षको तुलनामा महँगी दर घटेको छ, तर तरकारी, घिउ, तेल र खाद्यान्नमा मूल्य वृद्धि भएको छ।
  • पहाड र काठमाडौं उपत्यकामा महँगी कम हुँदा हिमाल र तराई क्षेत्रमा भने ४ प्रतिशतभन्दा बढी महँगी रहेको छ।

काठमाडौँ । आर्थिक वर्ष २०८१/८२ मा देशको महँगी दर ४ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कका अनुसार सो आर्थिक वर्षमा ४.०६ प्रतिशतको मुद्रास्फीति कायम भएको हो । गत आर्थिक वर्षमा यो दर ५.४४ प्रतिशत रहेको थियो । 

अ‍ौसत मूल्यवृद्धि सो बराबर भए पनि असार महिनामा भने २.२० प्रतिशत मात्रै मूल्य बढेको छ । गत वर्ष यो दर ३.५७ प्रतिशत रहेको थियो । 

यो अवधिमा तरकारी, घ्यु तथा तेल, गेडागुडी र खाद्यान्नमा उच्च मूल्यवृद्धि रहेको छ । मसला र माछा मासुको मूल्य भने घटेको देखिएको छ। मसलामा २.६२ प्रतिशत र मासुमा ०.३४ प्रतिशत मूल्य घटेको देखिएको हो ।

गैरखाद्य वस्तु अन्तर्गत कपडा तथा जुत्ता चप्पलमा, मदिरा, फर्निचर तथा सुर्तीजन्य पदार्थमा बढी महँगी छ । यो अवधिमा पहाड र काठमाडौँ उपत्यकाको महँगी कम हुँदा हिमाल र तराई क्षेत्रमा महँगी दर ४ प्रतिशत भन्दा माथि छ ।

प्रदेशगत रूपमा हेर्दा कोशी र सुदूरपश्चिम प्रदेशमा पाँच प्रतिशत भन्दा धेरैको मुद्रास्फीति रहँदा गण्डकी र कर्णालीमा सबैभन्दा कम महँगी भएको राष्ट्र बैंकको तथ्याङ्क छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप