तिजको दिन यस्तो छ पशुपतिनाथको दर्शनसम्बन्धी ४ व्यवस्था
काठमाडौँ । हरितालिका तिज पर्वका अवसरमा पशुपति क्षेत्र विकास कोषले भक्तजनलाई सहज रूपमा दर्शन गर्न सकिने गरी विशेष व्यवस्था गरेको जनाएको छ ।
आइतबार पत्रकार सम्मेलनमार्फत कोषले भगवान पशुपतिनाथको दर्शनका लागि भक्तजनले चार अलग–अलग मार्ग प्रयोग गर्न सक्ने व्यवस्था मिलाएको जानकारी गराएको छ ।
यसका साथै सुरक्षा, स्वयंसेवा, चन्दनप्रसाद वितरण, जुत्ता–चप्पल कक्ष, आकस्मिक स्वास्थ्य सेवा र भजन–कीर्तनलगायतका व्यवस्थाहरू पनि अन्तिम तयारीको चरणमा पुगेको कोषले जनाएको छ । तिज १० गते परेको छ ।
चार दर्शन मार्ग यसप्रकार छन्
१. गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै भक्तजनले उत्तर ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट निस्कने व्यवस्था मिलाइएको छ ।
२. मित्रपार्क–जयवागेश्वरी–पाचागणेश–भिमसेनस्थान–भुवनेश्वरी–शंकराचार्य मठ दक्षिण हुँदै फलामे पुल पश्चिम सानो ढोकाबाट प्रवेश गरी पश्चिम मूलढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ ।
३. पिंगलास्थान–चारशिवालय–पञ्चदेवल–बज्रघर हुँदै भक्तजनले कोटिलिङ्गेश्वर छेउको सानो ढोकाबाट प्रवेश गरी दक्षिण ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको छ ।
४. तिलगङ्गा–राम मन्दिर हुँदै बागमती नदीको पूर्व किनार र आर्यघाट नजिकको पुल तरेर भक्तजनले पूर्व ढोकाबाट प्रवेश गरी त्यही बाटो हुँदै फर्कने व्यवस्था गरिएको छ ।
कोषले भक्तजनले छिटो र सहज रूपमा दर्शन गर्न सकुन् भनेर बिहान ३ बजेबाट नै मन्दिरका चारै ढोका खुला गरिने समेत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण