वीरगन्जमा हैजा प्रकोप नियन्त्रणका लागि तीनवटै सुरक्षा निकाय तयारी अवस्थामा
सारांश
- गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक सम्पन्न भयो, जसमा देशभरको शान्ति सुरक्षाको समीक्षा गरियो।
- बैठकमा धर्ना, जुलुस र आन्दोलनलाई मध्यनजर गर्दै प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा छलफल भयो।
- पर्साको वीरगन्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गर्दै मेडिकल टोली परिचालन गर्ने तयारी गरियो।
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठक आज गृह मन्त्रालयमा सम्पन्न भएको छ । बैठकमा मुलुकभरको शान्ति सुरक्षाको समीक्षा गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए । विभिन्न माग राखी भइरहेका धर्ना, जुलुस, आन्दोलन तथा अवाञ्छित गतिविधिहरूलाई मध्यनजर गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ’ प्रवक्ता काफ्लेले भने– ‘मुलुकभरको शान्ति सुरक्षाका विषयमा गहन समीक्षा भयो ।’
त्यसैगरी बैठकले पर्साको वीरगन्जमा फैलिएको हैजा प्रकोपलाई मध्यनजर गरी आवश्यक परेर तत्काल मेडिकल टिम परिचालन गर्ने तयारी भएको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले हैजा प्रकोप मध्यनजर गरेर आवश्यक परेर तत्काल परिचालन हुन सक्ने गरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएका छन् ।
‘चिकित्सकसहितको मेडिकल टोली आवश्यक परे परिचालन गर्ने गरी तयारी रहन मन्त्रीज्यूबाट निर्देशन भएको छ’ प्रवक्ता काफ्लेले भने– ‘सोही अनुसार सुरक्षा निकाय पनि तयारीमा जुटिसकेको छ ।’
बैठकमा गृहसचिव गोकर्णमणि दुवाडीसहित सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधि सहभागी थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण