विपिन जोशीको रिहाइका लागि सरकारले थप पहल गर्छ : मन्त्री राणा
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्ने आश्वासन दिएकी छन् ।
आइतबार विपिनका आमा र बहिनीसँग मन्त्रालयमा भेटेर कुराकानी गरेको जानकारी दिँदै मन्त्री राणाले भेटमा विपिनका आमा र बहिनीले विपिनको रिहाइमा नेपाल सरकारले जारी राखेको पहलका लागि धन्यवाद दिँदै आगामी दिनमा थप प्रयत्न गर्न आग्रह गरेको बताएकी छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मन्त्री राणाले भेटबारे जानकारी दिँदै भनेकी छन्, ‘इजरायलबाट फर्केपछि आज उहाँहरूले मलाई भेटेर यस विषयमा जानकारी गराउनुभयो । मैले उहाँहरूलाई सरकारले विपिनको रिहाइमा गरेका र जारी राखेका कूटनीतिक प्रयत्नका बारेमा जानकारी पनि दिएँ । उहाँहरूको आग्रह बमोजिम नै विपिनको रिहाइका लागि सरकारले आगामी दिनमा थप सशक्त पहल गर्नेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण