रुपचन्द्र विष्टको नाममा ‘थाहा मार्ग’ निर्माण गर्छौँ : मुख्यमन्त्री बानियाँ
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले थाहा नगरलाई छिमेकी पालिकाहरूसँग जोड्न ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने घोषणा गरेका छन् ।
मुख्यमन्त्री बानियाँले थाहा नगरपालिकासँग सिमाना जोडिएका अन्य ३ पालिका समेटेर ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्ने बताएका हुन् ।
थाहा नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री बानियाँले विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्न प्रदेश सरकार प्रयत्नरत रहेको बताए ।
रुट निर्धारण गरी ‘ रुपचन्द्र विष्ट थाहा मार्ग’ नामकरण सहित प्रदेश सरकारको अधिकार प्रयोग गर्दै उक्त मार्ग निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने उनको भनाई छ ।
सो कार्य नगरपालिका तथा सम्बन्धित ३ वटा गाउँपालिकासँग समन्वय गर्दै अघि बढाउने र सबै पालिकाहरूको पूर्ण सहमति लिएर मार्ग निर्माण प्रक्रिया अघि बढाउने उनले बताए ।
‘प्रदेश सरकारको पहलमा थाहा नगरपालिकालाई कैलाश, राक्सिराङ र मनहरी गाउँपालिकासँग जोड्ने गरी ‘रुपचन्द्र विष्ट थाहा मार्ग’ निर्माण गर्नेछौँ,’ उनले भने, ‘विकट क्षेत्रका जनतालाई जिल्लाको अन्य भू–भागसँग जोड्ने र स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले प्रदेश सरकारले सम्बन्धित पालिकाहरूसँग समन्वय गरेर मार्ग निर्माणको काम अघि बढाउँछौँ ।
थाहा नगरपालिका ऐतिहासिक र विचारशील व्यक्तित्व रुपचन्द्र बिष्टसँग गहिरो रूपमा जोडिएको उनले बताए ।रुपचन्द्र विष्टले समानता, समान अवसर र प्रजातन्त्रमा गहिरो विश्वास राख्ने गरेको मुख्यमन्त्री बानियाँले बताए ।
रुपचन्द्र बिष्टको दर्शन आज पनि सान्दर्भिक रहेको उनले बताए । उनका अनुसार गाउँमुखी, जनमुखी, सेवामुखी, न्यायमुखी, र विकासमुखी अभियान अन्तर्गतको सरकारले विकास र सेवाका योजना सफलतापूर्वक कार्यान्वयन गर्नेछ ।
सोही अवसरमा मुख्यमन्त्री बानियाँले महिला स्वास्थ्य स्वयंसेविकाहरूले पाइरहेको सुविधा अपर्याप्त रहेको बताए । आगामी आर्थिक वर्षमा महिला स्वास्थ्य स्वयंसेविकाहरूको सुविधा र भत्ता वृद्धि गर्ने प्रतिविद्धतासमेत उनले व्यक्त गरे ।
मुख्यमन्त्री बानियाँले राजनीति पैसा कमाउन नभई जनताको सेवा गर्नका लागि भएको बताए । सरकारले कसैलाई अन्याय हुन नदिने र सबैलाई समान न्याय प्रदान गर्ने मुख्यमन्त्री बानियाँले बताए ।
आफ्नो सचिवालय र निवासको खर्च ५० प्रतिशत कटौती गरेर बचेको रकम जनताको सेवामा खटिनेहरूका लागि लगानी गर्ने उनको भनाई छ ।
‘मैले मुख्यमन्त्री भए लगत्तै संसद्मा बोल्दै सचिवालय र निवासको खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गरेको छु । त्यो खर्च किन कटौती गरेको भन्दा, जनताको सेवामा खटिनेहरूको सुविधामा थप्नको लागि हो । मैले आफ्नो निर्वाचन क्षेत्रको एक गरिब तथा विपन्न परिवारको लागि दसैँअगाडि एउटा घर बनाएर हस्तान्तरण गर्ने प्रतिबद्धता गरेको छु र त्यो पूरा गरेरै छाड्छु । हामीले राजनीति गरेको भनेकै समाज र गरिब जनताको सेवा गर्न हो,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण