थाहा नगरपालिका ‘पूर्ण संस्थागत सुत्केरी’ पालिका घोषित
मकवानपुर । यहाँको थाहा नगरपालिकालाई ‘पूर्ण संस्थागत सुत्केरी’ नगरपालिका घोषणा गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले आइतबार एक समारोहकाबिच नगरपालिकालाई पूर्ण संस्थागत सुत्केरी पालिका घोषणा गरेका हुन् ।
नगरपालिकाभित्रका सबै गर्भवती महिलाहरूले दक्ष स्वास्थ्यकर्मीको निगरानीमा स्वास्थ्य संस्थामै गएर सुरक्षित रूपमा प्रसूति गराउने गरेको थाहा नगरपालिकाका मेयर विष्णु विष्ट ‘आदर्श’ले जानकारी दिए । घरमै सुत्केरी हुने परम्परा हटाउने गरी स्वास्थ्य संस्थामा प्रसूति सेवाप्रति आकर्षित हुँदा मातृ शिशुले ज्यान गुमाउनुपर्ने बाध्यता हटेको उनले बताए ।
एक वर्षसम्म घरमा सुत्केरी भएको हुन नहुने, गर्भावस्थामा प्रोटोकलअनुसार चार पटक जाँच गरेको हुनुपर्ने, गर्भावस्था र सुत्केरी अवस्थामा गरी २२५ चक्की आइरन खाएको हुनुपर्ने लगायतका व्यवस्था पूरा भएपछि मात्र पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घोषणा हुनेछ ।
त्यस्तै पूर्ण संस्थागत सुत्केरी गाउँपालिकाका लागि गर्भावस्थामा पिएमटीसिटी सेवा लिएको हुनुपर्ने, गर्भावस्थामा टिटी खोप दुई पटक लगाएको हुनुपर्ने, सुत्केरीपश्चात् प्रोटोकलअनुसार आमा र बच्चाको जाँच हुनुपर्ने लगायतका सूचक पूरा गर्नुपर्ने हुन्छ ।
१२ वटा वडा रहेको १२ वटा स्वास्थ्य संस्थाहरू छन् । थाहा नगरपालिकाले २०७६ साउन १७ गते ६ नम्बर वडालाई पहिलो पूर्ण संस्थागत सुत्केरी वडा घोषणा गरिएको थियो ।
थाहा नगरपालिकाका शतप्रतिशत गर्भवतीहरू स्वास्थ्य संस्थामा नै सुत्केरी हुने गरेको थाहा नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख मेघराज बलामीले बताए ।गत आर्थिक वर्षमा थाहा नगरपालिकाका विभिन्न स्वास्थ्य संस्थामा ३५६ जना सुत्केरी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जाँचबुझ समितिले गर्यो संसदीय मर्यादा उल्लङ्घन भएको ठहर
-
लर्ड्समा पहिलो पटक महिला टेस्ट क्रिकेट, इङ्गल्यान्डले भारतको सामना गर्ने
-
एमाले कार्यदलको बैठकमा ओली पनि सहभागी
-
युएईका व्यपारमन्त्री थानी र परराष्ट्रमन्त्री खनालबिच भेटवार्ता
-
सरकारका सय दिनका उपलब्धिबारे संसद्लाई जानकारी
-
स्टोक्सको संन्यास घोषणाको भिडियो सार्वजनिक गरेपछि ईसीबी विवादमा, आईसीसीद्वारा नियम मिचेको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण