सुनजस्तो देखिने एक किलो पहेँलो धातुसहित एक जना पक्राउ
आइतबार, ०८ भदौ २०८२, २० : ०३
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु प्रहरीले सुनजस्तो देखिने एक किलो धातुसहित एक जनालाई पक्राउ गरेको छ ।
कार्यालयका अनुसार सोलुखुम्बु दुधकुण्ड नगरपालिका–१ टाक्सिण्डोका ३३ वर्षीय लाक्पा शेर्पालाई गोँगबुस्थित एक रेस्टुरेन्टबाट पक्राउ गरिएको हो ।
प्रहरीले नियन्त्रणमा लिएको उक्त पहेँलो धातु परीक्षण गर्दा सक्कली सुन नभएको पुष्टि भएको जनाएको छ। अनुसन्धानबाट उनले सुनजस्तो देखाएर विभिन्न व्यक्तिलाई झुक्याउँदै ठगी गर्दै आएको खुलेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका शेर्पालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
-
किसानलाई अनुदानमा कृषि उपकरण
-
फोहर व्यवस्थापनमा वित्तीय साझेदारी खोज्दै काठमाडाैँ महानगरपालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण