काठमाडौँमा स्कुटर चोरीमा संलग्न एक व्यक्ति पक्राउ
आइतबार, ०८ भदौ २०८२, २० : ०८
काठमाडौँ । काठमाडौँ महानगरपालिका–२६, मित्रनगरबाट आइतबार स्कुटर चोरीमा संलग्न एक व्यक्तिलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा काठमाडौँको गल्कोपाखा बस्ने ३७ वर्षीय रिकेश खड्गी रहेका छन्। वास्तविक नम्बर प्रदेश ०३–०२–००५ प ३७२ रहेको स्कुटरको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०२१ प ७९२४ राखी चलाइरहेको अवस्थामा खड्गीलाई पक्राउ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
उक्त स्कुटर भक्तपुरका कञ्चन भुजुले काठमाडौँको ठमेलबाट हराएको भन्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासका लागि निवेदन दिएका थिए ।
स्कुटरसहित नियन्त्रणमा परेका खड्गीलाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली बक्स अफिसमा भारतीय फिल्मको दबदबा
-
पार्टी समायोजनमा जुट्यो जसपा नेपाल, अध्यक्ष यादवले शीर्ष नेताहरूलाई बोलाए
-
संविधानको प्रस्तावना खलबल्याउने देखेपछि कार्यदलबाट बाहिरिए चार दल
-
रास्वपा विधानः सभापति संसदीय दलको नेता भए के गर्ने ?
-
सात मिनेटसम्म मृत मानिएका यी फुटबलर जारी विश्वकपमा प्रशिक्षक बनेर कमाल गर्दैछन्
-
डेली मेलविरुद्धको कानुनी लडाइँको अन्तिम फैसला सुन्न राजकुमार ह्यारी लन्डनमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण