बेथानचोकमा कोसेली घर स्थापना
सारांश
- बेथानचोक गाउँपालिकामा गृहिणी महिलाको सशक्तीकरणका लागि कोसेली घर स्थापना गरिएको छ।
- कोसेली घर बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको सहकार्यमा बनेको हो।
- कोसेली घरले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउन मद्दत गर्नेछ र महिला उद्यमी समूहलाई सहयोग गर्नेछ।
काभ्रे । बेथानचोक गाउँपालिकामा कोसेली घर स्थापना गरिएको छ । गृहिणी महिलाको सशक्तीकरण गर्ने उद्देश्यका साथ बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र बेथानचोक गाउँपालिकाको सहकार्यमा उक्त कोसेली घरको स्थापना गरिएको हो ।
मन्त्रालयको गृहिणी महिला सशक्तीकरण कार्यक्रमअन्तर्गत स्थापना गरिएको कोसेली घर आइतबारबाट सञ्चालनमा ल्याइएको छ । सामाजिक विकास मन्त्री कन्चनचन्द्र बादेले आइतबार एक कार्यक्रमका बिच कोसेली घरको उद्घाटन गरेका थिए ।
मन्त्रालय र बेथानचोक गाउँपालिकाको लागत साझेदारीमा कोसेली घर निर्माण गरिएको बेथानचोक गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष एवं प्रवक्ता मधुसूदन तिमल्सिनाले जानकारी दिए । प्रदेश सरकारको तर्फबाट १८ लाख २१ हजार रुपैयाँ र गाउँपालिकाको ५० प्रतिशत लागत साझेदारी गरी ३६ लाख ४२ हजार रुपैयाँमा कोसेली घर निर्माण गरिएको उनले बताए ।
गाउँपालिकाका ११० जना गृहिणी महिलाले उद्यमशीलता तालिम दिएर २ वटा महिला उद्यमी समूह गठन भएको र उक्त समूहलाई १–१ लाखका दरले बिउ पुँजी उपलब्ध गराइएको छ । सो समितिले उत्पादन गरेका वस्तुको विक्रीका लागि कोसेली घर निर्माण गरेर सञ्चालनमा ल्याइएको वडा अध्यक्ष तिमल्सिनाले बताए ।
कोसेली घरको उद्घाटन गर्दै मन्त्री बादेले कोसेली महिला सशक्तिकरणलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको उल्लेख गरे । कोसेली घर सञ्चालन पछि स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने महत्त्वपूर्ण माध्यम बन्ने उनले विश्वास व्यक्त गरे । कोसेली घरलाई व्यवस्थापन गरे अझ प्रभावकारी बनाउन प्रदेश सरकार निरन्तर सहयोग गर्ने मन्त्री बादेले प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले स्थानीय महिलाको आर्थिक सबलीकरण र आत्मनिर्भरता प्राथमिकतामा राखिएको बताए । गृहिणी महिलालाई उत्पादनमूलक कार्यमा संलग्न गराउन र बजारसम्म पहुँच दिलाउन कोसेली घर महत्त्वपूर्ण हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो
-
अल्छीपन छोड्नुहोस्, आयु बढाउनुहोस्
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण