पार्टी एकतालाई निष्कर्षमा पुर्याउन प्रचण्ड र विप्लव सकारात्मक
सारांश
- पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।
- प्रचण्ड र विप्लवबीच समाजवादी मोर्चालाई बलियो बनाउने र पार्टी एकताको विषयमा छलफल भएको छ।
- विप्लवको निवासमा प्रचण्डले कृषि फार्मको अवलोकन गरेको र भदौ २२ गते बस्ने केन्द्रीय समिति बैठकले पार्टी एकताको निर्णय गर्ने बताइएको छ।
काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता सकारात्मक निष्कर्षमा पुग्ने विश्वास लिएका छन् । सोमबार बिहान नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न उनकै निवास हरिसिद्धिमा पुगेका प्रचण्डले पार्टी एकताका लागि स्थायी समितिले निर्णय गरिसकेकाले सोही अनुसार निष्कर्षमा पुग्नेमा विश्वास लिएका हुन् ।
विप्लव निवासमा ४५ मिनेट बसेका उनले राजनीतिक थोरै कुराकानी भएको दुवै पक्षले दाबी गरेका छन् । विप्लवका सचिवालय सदस्य नारायण चन्दका अनुसार प्रचण्ड र विप्लवबिच समाजवादी मोर्चालाई बलियो बनाएर लैजाने र पार्टी एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउने विषयमा छलफल भएको छ ।
‘महासचिव र प्रचण्डबिच आधा घण्टा छलफल भयो । प्रचण्डले पार्टी एकता गर्ने निर्णय हाम्रो पार्टीको स्थायी समिति गरिसकेको छ । एकतालाई सकारात्मक निष्कर्षमा पुर्याउन तपाईंको पार्टीले पनि सकारात्मक निर्णय गर्ने विश्वास लिएको छु भन्नुभयो । जवाफमा महासचिव विप्लवले पार्टीको केन्द्रीय समिति बैठक भदौ २२ मा बस्दैछ । सोही बैठकले निर्णय गर्छ भन्नुभयो । यस्तै समाजवादी मोर्चालाई थप प्रभावकारी बनाउने विषयमा पनि दुई नेताबिच छलफल भयो । आजको छलफल राजनीतिक भन्दा पनि बढी पारिवारिक, उत्पादन गतिविधि तथा अवलोकन बढी भयो’, चन्दले भने ।
यता प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले पनि राजनीतिक कुराकानी भन्दा पनि हरिसिद्धिमा विप्लवको कृषि फार्म अवलोकनका लागि गएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण