शाकिब अल हसनले रचे नयाँ इतिहास
सारांश
- बंगलादेशका क्रिकेटर शाकिब अल हसनले टी-२० क्रिकेटमा ५०० विकेट पूरा गरे।
- उनले क्यारिबियन प्रिमियर लिगमा ५०० विकेट लिने कीर्तिमान बनाए, जसमा मोहम्मद रिजवानको विकेट पनि समावेश छ।
- शाकिब टी-२० मा ७००० रन र ५०० विकेट लिने एक मात्र खेलाडी बनेका छन्, जसले उनलाई विशेष बनाएको छ।
काठमाडौँ । बंगलादेशका स्टार क्रिकेटर शाकिब अल हसनले आफ्नो शानदार करिअरमा अर्को ऐतिहासिक उपलब्धि जोडेका छन् । क्यारिबियन प्रिमियर लिग (सीपीएल) २०२५ मा एन्टिगुवा एन्ड बारबुडा फाल्कन्सतर्फबाट खेल्दै उनले आफ्नो ५०० औँ टी–२० विकेट पूरा गरेका हुन् ।
स्यान्ट किट्स एन्ड नेभिस प्याट्रियट्सविरुद्धको खेलमा शाकिबले मोहम्मद रिजवानलाई क्याच आउट गर्दै ५०० विकेटको कीर्तिमान बनाए । त्यसपछि अर्को ओभरमा थप दुई विकेट लिँदै उनले आफ्नो कूल विकेट संख्या ५०२ पुर्याए ।
यस उपलब्धिसँगै शाकिब टी–२० क्रिकेट इतिहासमा ५०० विकेट लिने पाँचौं बलर बनेका छन् । यसअघि यो कीर्तिमान अफगानिस्तानका राशिद खान (६६०), वेस्ट इन्डिजका ड्वाइन ब्राभो (६३१), सुनिल नारिन (५९०) र इमरान ताहिर (५५४) ले मात्र बनाएका थिए ।
तर शाकिबलाई अरु सबैभन्दा विशेष बनाउने पक्ष भनेको उनको सर्वाङ्गीण क्षमता हो । उनी अहिले टी–२० इतिहासमै ७००० रन र ५०० विकेट दुवै पूरा गर्ने एकमात्र खेलाडी बनेका छन् । ब्राभोले ६९७० रन र ६३१ विकेटसहित करिअर समाप्त गरेका थिए भने आन्द्रे रस्सेलले ९३६१ रन बनाए पनि हालसम्म ४८७ विकेटमै सीमित छन् ।
शाकिबले टी–२० अन्तर्राष्ट्रिय तथा लिग क्रिकेटमा ९ पटक प्लेयर अफ द सिरिज पुरस्कार जितेका छन्, जुन कीर्तिमान विराट कोहली (८) र वनिन्दु हसरङ्गा (७) भन्दा अगाडि छ । त्यस्तै, स्पिनरहरूमध्ये पाँचपटक पाँच विकेट ह्याउल गर्ने उनी शीर्ष स्थानमा छन्, जुन तथ्यांकमा लसिथ मालिङ्गा, भुवनेश्वर कुमार, इमरान ताहिर र शाहिन शाह अफ्रिदीसँग संयुक्त दोस्रोमा परेका छन् ।
शाकिबका सर्वाधिक चर्चित स्पेलमध्ये एक सन् २०१३ को सीपीएलमा आएको थियो, जहाँ उनले ट्रिनिडाड एन्ड टोबेगो रेड स्टिलविरुद्ध ६ रनमै ६ विकेट लिए । त्यस्तै, सोही वर्ष भिक्ट्री डे टी–२० कपमा प्राइम बैंक क्रिकेट क्लबका लागि खेल्दै उनले अर्को ६ विकेटको उपलब्धि हासिल गरेका थिए । यसरी उनले अजन्था मेन्डिसपछि टी–२० मा दुई पटक ६ विकेट लिने दुर्लभ उपलब्धि हासिल गर्ने दोस्रो बलर बनेका थिए ।
शाकिबको यो अभूतपूर्व उपलब्धिले उनलाई टी–२० क्रिकेट इतिहासकै महान सर्वाङ्गीण खेलाडीको रूपमा स्थापित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण