बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

वीरगञ्जमा हैजाको प्रकोप : ७१ मा संक्रमण पुष्टि

सोमबार, ०९ भदौ २०८२, १७ : ४८
सोमबार, ०९ भदौ २०८२

सारांश

  • स्वास्थ्य मन्त्रालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरूमा हैजाको प्रकोप पुष्टि गरेको छ।
  • हालसम्म १९४ जना बिरामीमध्ये ७१ जनामा हैजाको संक्रमण पुष्टि भएको छ, जसमा १६५ जना अस्पतालमा उपचाररत छन्।
  • रोगको थप पहिचानका लागि नमुनाहरू प्रयोगशाला पठाइएको छ, भने रोगको स्रोत पत्ता लगाउन पानीको नमुना पनि पठाइएको छ।

 काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडाहरूमा हैजाको प्रकोप फैलिएको पुष्टि गरेको छ । मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) गर्दा हालसम्म १९४ जना बिरामीमध्ये ७१ जनामा हैजाको संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा वीरगञ्ज महानगरपालिकाको वडा नं. १, ३, ११, १२, १३ र १६ मा हैजाको प्रकोप देखिएको उल्लेख छ । प्रभावितमध्ये १६५ जना विभिन्न अस्पतालहरूमा उपचाररत छन् । जसमध्ये २२ जनाको सघन उपचार कक्ष (आईसीयू) र ६ जनाको हाई डिपेन्डेन्सी युनिट (एचडीयू) उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

रोगको थप पहिचानका लागि २२ वटा नमुना प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर र १० वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा कल्चर र सेरोटाइपिङका लागि पठाइएको छ । साथै रोगको स्रोत पत्ता लगाउन पानीका तीनवटा नमुना पनि परीक्षणका लागि पठाइएको मन्त्रालयले जनाएको छ ।

536360132_1753261018626547_5995799326828855146_n

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप