आफ्नै छोरीसँग ‘दुष्कर्म’ गर्ने एउटा बाबु जेलमा अर्को हिरासतमा
गुल्मी – गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केही दिनमै दुई छोरी आफ्नै बाबुबाट ‘दुष्कर्म’ भएका घटना बाहिर आएको छन् ।
यसले मानवीय संवेदनामाथि नै प्रश्न उठाउने ठाँउ दिएको छ ।
केही दिन अगाडि १७ वर्षकी छोरीलाई ‘दुष्कर्म’ गर्ने एक बाबु जेल चलान भएका छन् ।
अर्को वर्षकी छोरीलाई ‘दुष्कर्म’ गर्ने अन्दाजी ४० बर्षका बाबुलाई मंगलवार मुद्धा दर्ता गरी हिरासतमा लिईएको त्यहाँको प्रहरीले जनाएको छ ।
प्युठान प्रहरी प्रमुख डीएसपी राजेन्द्र पोखरेलले जानकारी दिए अनुसार पक्राउ गर्न जाँदा बाबुले विष सेवन गरी आत्महत्या गर्न खोजेका थिए ।
प्रहरीले पहिला उनलाई अस्पतातमा पुराएको र पछि जेल चलान गरेको डीएसपी पोखरेलले बताए ।
प्रहरीका अनुसार ती बाबुले तीन बर्षदेखि यस्तो ‘दुष्कर्म’ गर्दै आएका थिए ।
छोरीसँग ‘दुष्कर्म’ गर्ने दुवै बाबुका श्रीमति छन् ।
हिजो मुद्दा दर्ता भएका अर्का बाबुले १६ बर्षकी छोरीसँग ‘दुष्कर्मर्’ गरेको प्रहरीको भनाई छ ।
डीएसी पोखरेलले यस्ता घटना बाहिर आएलगत्तै आफुहरुले कारवाही प्रक्रिया अगाडि बढाएको बताए ।
केहि दिन अघि प्युठानमै दाजु वहिनीबीच प्रेम सम्वन्ध भएको र पछि भागी विवाह गरेको समाचार आएको थियो ।
परिवारजनले छुटाउन चाहेपछि उनीहरुले विष सेवन गरी एकै साथ देह त्याग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको पुनर्संरचना र आधुनिकीकरण तत्काल अघि बढाउन सरकारलाई अर्थ समितिको निर्देशन
-
माइतीघरमा टमाटर किसानको आन्दोलनपछि मन्त्री चौधरीको पहल : कालीमाटीबाट ढुवानी सुरु
-
विश्वकपको फाइनल पुगे लगत्तै यमालको बार्सिलोनास्थित घरमा चोरीको प्रयास
-
इङ्ग्ल्यान्ड - अर्जेन्टिना प्रतिष्ठाको महाभिडन्तः कसको जित्ने सम्भावना कति ?
-
मलद्वारमा लुकाएर खैरो हेरोइन भित्र्याउने दुई जना पक्राउ
-
देशभरका मुख्य राजमार्गहरूमा बाढी र पहिरोको असर : कतै पूर्ण अवरोध, कतै एकतर्फी सुचारु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण