नदीले बगाएर एक बेपत्ता, एक जनाको उद्धार
सोमबार, ०९ भदौ २०८२, २२ : ०७
सारांश
- देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन्।
- नदीले बगाउँदा एक किशोरको उद्धार गरिएको छ, भने बेपत्ताको खोजी कार्य जारी छ।
- बेपत्ता किशोर चितवनबाट मामाघर आएका दुई दिदीबहिनीका छोराहरूमध्येका एक हुन्।
तनहुँ । यहाँको देवघाट गाउँपालिका–५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा आज एक जना बेपत्ता भएका छन् । नदीले बगाएका अर्का एक जनाको उद्धार गरिएको छ ।
पौडी खेल्ने क्रममा चितवनको भरतपुर महानगरपालिका–१५ फूलबारी बस्ने १३ वर्षीय कुशल ढकाल र भरतपुर महानगरपालिका–१६ मङ्गलपुर बस्ने १७ वर्षीय कृष्ण लामिछानेलाई नदीले बगाएको थियो ।
बगाएकामध्ये कुशल ढकाललाई स्थानीय सोमबहादुर बोटेले उद्धार गरेका हुन् भने कृष्ण लामिछाने बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए ।
बेपत्ता लामिछानेको खोजी भइरहेको उनले जानकारी दिए । बेपत्ताको खोजीका लागि १७ नम्बर गण आँपटारी चितवनबाट गोताखोरसहितको टोली खटिएको छ । ती दुई किशोर दिदीबहिनीका छोराहरु हुन् । उनीहरु मामाघर आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ उपत्यकासहित ३१ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण