तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि
मङ्गलबार, १० भदौ २०८२, ०३ : १८
सारांश
- तनहुँमा एक वृद्धमा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि भएको छ।
- भिमाद नगरपालिका-२ का ८० वर्षीय पुरुषमा संक्रमण देखिएको हो।
- स्वास्थ्य कार्यालयले रोगको सम्पर्क परीक्षण र जनचेतना कार्यक्रम सञ्चालन गरेको छ।
तनहुँ । तनहुँमा एक जनामा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको छ । भिमाद नगरपालिका–२ का ८० वर्षीय पुरुषमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको हो ।
नयाँ मेडिकल कलेज चितवनमा परीक्षण गर्दा ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय तनहुँका सूचना अधिकारी सुदीप कँडेलले जानकारी दिए । ती वृद्धमा जापानिज इन्सेफलाइटिस सङ्क्रमण देखिएपछि कार्यालयले रोगको सम्पर्क परीक्षण तथा जनचेतना कार्यक्रम गरेको छ । कार्यालय प्रमुख अमर दवाडीको नेतृत्वमा उक्त वडामा पुगेर स्थानीयवासीको सम्पर्क परीक्षण गरिएको कँडेलले जानकारी दिए ।
जापानिज इन्सेफलाइटिस लामखुट्टेको टोकाइबाट सर्ने र मस्तिष्कमा सङ्क्रमण हुने रोग हो । यसले सङ्क्रमितको स्नायु प्रणालीलाई अङ्गभङ्ग बनाउनुका साथै बिरामीको मृत्युसमेत हुने स्वास्थ्यकर्मी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण