खानेपानी
खाँदबारीमा एक सातादेखि खानेपानी वितरण ठप्प
मङ्गलबार, १० भदौ २०८२, ०५ : १४
सारांश
- सङ्खुवासभाको खाँदबारी बजारमा खानेपानी मुहानमा पहिरो जाँदा एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ।
- साउन २५ गतेदेखि पहिरो खसेको र भदौ ५ गते इन्टेक पुरिएपछि खानेपानी वितरण पूर्ण रूपमा रोकिएको हो।
- करिब एक हजार उपभोक्ता प्रभावित भएका छन् र वैकल्पिक स्रोतको खोजी भइरहेको छ।
सङ्खुवासभा । खाँदबारी नगरपालिका–४ महभिरस्थित खानेपानी मुहानमा गएको पहिराका कारण खाँदबारी बजारमा एक सातादेखि खानेपानी आपूर्ति अवरुद्ध भएको छ ।
गत साउन २५ गतेदेखि लगातार पहिरो खस्दै आएको र यही भदौ ५ गते ठुलो पहिरोले इन्टेक पुरिएपछि खानेपानी वितरण पूर्ण रूपमा ठप्प भएको खाँदबारी खानेपानी तथा उपभोक्ता संस्थाका अध्यक्ष दिव्य बरालले जानकारी दिए । उनका अनुसार तत्कालै इन्टेक सफा गरिएको भए पनि ठूलोमात्रामा जम्मा भएको हिलो र फोहर हटाउन समय लागेकाले खानेपानी वितरण सुरु नभएको हो ।
उक्त आयोजनाबाट खाँदबारी बजारका करिब एक हजार जनाले लाभान्वित हुँदै आएका छन् । दैनिक करिब १० लाख लिटर खपत हुने भए पनि आपूर्ति रोकिएपछि स्थानीयहरू पुराना कुवा र धारामा निर्भर भएका छन् । संस्थाले तत्काल आपूर्ति सहज बनाउन वैकल्पिक स्रोतको सम्भावना खोजी भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण