तीज पर्व महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको छ : मुख्यमन्त्री आचार्य
सारांश
- मुख्यमन्त्री चेतनारायण आचार्यले तीज पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताए ।
- उनले तीजले महिलाको क्षमतालाई सम्मान गर्दै समाजमा समानताको चेतना फैलाउने कुरा बताए ।
- मुख्यमन्त्री आचार्यले तीजको भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकता जोगाउन आग्रह गरे।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले हरितालिका तीज पर्वलाई महिला सशक्तीकरण र समाज रूपान्तरणसँग जोडिएको महत्त्वपूर्ण सांस्कृतिक चाडका रूपमा लिनुपर्ने बताएका छन् । उनले यस पर्वले महिलाको क्षमता, योग्यतालाई सम्मान गर्दै समाजमा हकअधिकार, स्वतन्त्रता र समानताको चेतना फैलाउने कार्य गर्दै आएको बताए ।
“तीज पर्व विद्यमान लैङ्गिक विभेद, जातीय विभेदलगायत असमानताहरूको अन्त्य गर्दै न्याय, समानता र समतामूलक समाज निर्माणतर्फ प्रेरित गर्ने पर्वका रूपमा स्थापित छ”, तीज पर्वका अवसरमा आज यहाँ जारी शुभकामना सन्देशमा भनिएको छ, “त्यसैले तीजलाई अवसरका रूपमा उपयोग गर्नु हाम्रो साझा जिम्मेवारी हो ।”
महिलाले आफ्ना दुःख, पीडा र खुसी साझा गर्ने भएकाले तीजले सामूहिकता, आत्मबल र आपसी एकता बलियो बनाउने योगदान पुर्याउँदै आएको छ । मुख्यमन्त्री आचार्यले तीजलाई केवल धार्मिकमात्र नभई सामाजिक दृष्टिले समेत महत्त्वपूर्ण चाडका रूपमा व्याख्या गरे । मौलिक पर्वको सांस्कृतिक गरिमा जगेर्ना गर्दै यसलाई पुस्तान्तरण गर्नुपर्नेमा जोड दिए । उनले तीज मनाउने क्रममा देखिने भड्किलोपन र खर्चिलोपनलाई हटाउँदै यसको मौलिकता र सांस्कृतिक महत्व जोगाउन आग्रह गरे
तीजका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले समाज रूपान्तरणका लागि तीज पर्व प्रेरणादायी बन्नुपर्ने विश्वास व्यक्त गरे । लुम्बिनी प्रदेश सरकारले तीज पर्वका अवसरमा प्रदेशमा आज सार्वजनिक बिदासमेत दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
-
शिक्षा–स्वास्थ्यमा लगाइएको कर र प्रधानमन्त्रीको अभिव्यक्ति फिर्ता लिन मकवानपुर कांग्रेसको माग
-
१८ वर्ष मुनिकालाई सदस्यता वितरणबारे रास्वपाले आयोगलाई पठायो जवाफ
-
लुम्बिनीका १०९ स्थानीय तहमध्ये डुडुवा मात्रै राष्ट्रिय भूमि आयोगको अन्तिम सूचनामा कसरी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण