अस्ट्रेलियाको तीज महोत्सवमा अभिनेत्री निताको प्रस्तुति
मङ्गलबार, १० भदौ २०८२, १० : ३४
सारांश
- अस्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजले तीज महोत्सवको आयोजना गरेको छ।
- कार्यक्रमको उद्घाटन अभिनेत्री निता ढुङ्गानाद्वारा गरिएको थियो, जसमा सांस्कृतिक प्रस्तुतिहरू समावेश छन्।
- महोत्सवमा ज्योतिष तथा अभिनेता हरिहर अधिकारी लगायत अन्य कलाकारहरूको सहभागिता रहेको छ।
काठमाडौँ । अस्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री निता ढुङ्गानाले उद्घाटन गरिन् ।
महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम आयोजना हुनेछ ।
कार्यक्रममा अभिनेत्री ढुङ्गानासँगै ज्योतिष तथा अभिनेता हरिहर अधिकारी पनि सहभागी छन् । दुवै कार्यक्रममा प्रस्तुति दिने भएका छन् । अभिनेता अधिकारीका अनुसार, कार्यक्रममा साँझ दुईवटा स्टेज प्रदर्शनको तयारी गरिएको छ।
महोत्सव नेपाली संस्कृति संरक्षण र प्रवर्द्धनसँगै समुदायबिच आपसी भेटघाट र सम्पर्क विस्तारमा लागि आयोजना गरिएको आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राज्ञिक तिर्थ पाणिनि तपोभूमिबारे विमर्श
-
बालेनले रास्वपा महाधिवेशनमा दिए संसद्मा उठेका प्रश्नकाे जवाफ
-
राहदानी छपाइ प्रकरणः पूर्वपरराष्ट्रमन्त्री श्रेष्ठसँग अख्तियारले लियो बयान
-
रास्वपाको महाधिवेशनस्थलमा रवि–बालेनको डमी, तस्बिरहरु
-
रवि र बालेनले घण्टी बजाएर गरे रास्वपाको महाधिवेशन उद्घाटन, तस्बिरहरू
-
रास्वपा महाधिवेशनमा कति हुन्छन् प्रतिनिधि सहभागी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण