राज्य व्यवस्था समिति सभापतिमा न्यौपानेलाई पठाउने कांग्रेसको निर्णय
काठमाडौँ। नेपाली कांग्रेसले राज्यव्यवस्था तथा सुशासन समितिको सभापतिमा ईश्वरी न्यौपाने पठाउने निर्णय गरेको छ ।
बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
संसदीय सुनुवाइ समिति सभापति रहेकी न्यौपानेलाई त्यहाँबाट राजीनामा गराएर राज्य व्यवस्था समितिको सभापति बनाउने निर्णय कांग्रेसका शीर्ष नेताहरूको बैठकले गरेको हो । न्यौपाने समानुपातिक तर्फकी सांसद हुन् ।
न्यौपानेलाई कांग्रेसले प्रतिनिधिसभाको उपसभामुखको उम्मेदवार पनि बनाएको थियो । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा राना मगरसँग पराजित भएकी थिइन् ।
समिति सभापति रामहरि खतिवडाले राजीनामा गत साउन २८ गते पदबाट राजीनामा दिएपछि रिक्त सभापति पदमा न्यौपानेलाई उम्मेदवार बनाउन लागिएको हो । कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि सभापति पदबाट खतिवडाले गत साउन २८ गते राजीनामा दिएका थिए ।
२७ सदस्यीय समितिमा कांग्रेसबाट उपसभापति खड्का, महामन्त्रीद्वय थापा र शर्मा, दीलेन्द्रप्रसाद बडू, सरिता प्रसाईँ, हृदयराम थानी, न्यौपाने, खतिवडा र अम्बिका बस्नेत गरी नौ जना सदस्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण