सुनुवाइ समितिबाट राजीनामा दिनेबारे छलफलमा न्यौपाने
काठमाडौँ । नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठकले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा पार्टी सांसद ईश्वरी न्यौपानेलाई पठाउने निर्णय गरेको छ ।
बिहान सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, गृहमन्त्रीसमेत रहेका पार्टी नेता रमेश लेखक र प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक श्यामकुमार घिमिरेको बैठकले न्यौपानेलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
न्यौपाने अहिले संसदीय सुनुवाइ समिति (संयुक्त)को सभापति छन् । एउटा समिति सभापति भएको व्यक्ति अर्को समिति सभापति बन्ने भएपछि के गर्ने भन्ने प्रक्रियाको विषयमा आफूले छलफल गर्ने न्यौपानेले बताइन् ।
‘म संसदीय सुनुवाइ समिति सभापति छु । पार्टीले राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ,’ न्यौपानेले रातोपाटीसँग भनिन्, ‘सिंहदरबारस्थित पार्टीको संसदीय दलमा पुग्दैछु । त्यहाँ पुगेर छलफल गरेपछि निर्णयमा पुग्छु ।’
संसदीय सुनुवाइ समिति प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त समिति हो । संयुक्त समिति भएकाले अर्को समितिको सभापति हुन के गर्ने भन्ने कानुनमा स्पष्ट व्यवस्था नभएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल
-
एक वर्षमा तीन लाख ८१ हजार जनाले भरतपुर आँखा अस्पतालबाट लिए सेवा
-
नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबिच सहकार्य
-
माडीगज नियन्त्रणमा
-
सुदूरपश्चिममा दुध उत्पादनमा आत्मनिर्भरता, तर औपचारिक बजार व्यवस्थापन भने अझै कमजोर
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण