न्यौपानेले दिइन् संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा
सारांश
- ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी छन्।
- न्यौपानेलाई नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्।
- उनले सभामुख देवराज घिमिरेलाई भेटेर राजीनामा बुझाएकी हुन्, र उनको राजीनामा दर्ता भइसकेको छ।
काठमाडौँ । ईश्वरीदेवी न्यौपानेले संसदीय सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी छन् ।
न्यौपानेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापति बनाउने निर्णय उनको पार्टी नेपाली कांग्रेसले गरेपछि उनले सुनुवाइ समिति सभापतिबाट राजीनामा दिएकी हुन् ।
सभामुख देवराज घिमिरेलाई भेटेर न्यौपानेले मङ्गलबार सभापतिबाट राजीनामा दिएकी हुन् ।
न्यौपानेले राजीनामा दिएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार उनको राजीनामा दर्ता समेत भइसकेकाे छ ।
यस्ताे छ सभामुखलाई बुझाइएकाे राजीनामा
सम्माननीय सभामुख,
प्रतिनिधि सभा ।
मिति: २०८२/०५/१०
विषय: राजीनामा सम्बन्धमा ।
महोदय,
सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०८० को नियम २५ बमोजिम गठित संसदीय सुनुवाइ समितिको सभापति पदमा रही रहन विशेष कारणले म असमर्थ भएको अवगत गराउँदै आजै / तत्काल लागू हुने गरी समितिको सभापति पदबाट राजीनामा गरेको बेहोरा अनुरोध गर्दछु ।
अवगतार्थः
सम्माननीय अध्यक्ष,
राष्ट्रिय सभा
ईश्वरी देवी न्यौपाने
प्रतिनिधि सभा सदस्य
क्रम सङ्ख्या नंः प्र.स./०२५
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण