नेतृत्वको बहस गरेर नीतिगत बहस र छलफललाई कमजोर नबनाऔँ : राजेन्द्र गौतम
मङ्गलबार, १० भदौ २०८२, १५ : ४३
काठमाडौँ । नेकपा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले नेतृत्वको बहस गरेर नीतिगत बहस र छलफललाई कमजोर बनाउन नहुने बताएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले यस्ताे बताएका हुन् ।
गौतमले एक जीवित राजनीतिक पार्टीमा औचित्यपूर्ण, तर्कपूर्ण, तथ्यगत र वस्तुनिष्ठ बहसको सट्टा नेतृत्वको आशक्ति, आशय, अभिप्राय, आदेश र आशिर्वादबाट पार्टीको निर्णय र सञ्चालन गर्ने अभ्यासले विचार, निष्ठा, योजना, कार्यक्रम, नीति, छवि र आदर्श जस्ता कुरा नेता, कार्यकर्ताका लागि गौण हुँदै जाने बताए ।
विधान महाधिवेशन यही भदौ २० गतेदेखि २२ गतेसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदै छ । विधान महाधिवेशनमा २ हजार ३९२ जना सहभागी हुनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण