हैजा संक्रमण
हैजा सङ्क्रमणकाे असर : वीरगञ्जका विद्यालय फेरि तीन दिनका लागि बन्द
मङ्गलबार, १० भदौ २०८२, १७ : ०५
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हैजा सङ्क्रमणको जोखिम कायमै रहेपछि महानगरका सम्पूर्ण विद्यालयहरू थप तीन दिनका लागि बन्द भएका छन् ।
महानगरपालिकाको कार्यालयमा मंगलबार नगरप्रमुख स्तरीय बसेको बैठकले यस्तो निर्णय गरेको हो । महानगरको बैठकले बुधबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शैक्षिक प्रशासन महाशाखाका कर्मचारी आनन्द लामिछानेका अनुसार यसअघि दुई दिनका लागि बन्द गरिएका विद्यालयहरू थप तीन दिनका लागि बन्द गर्ने निर्णय गरिएको हो ।
हैजा फैलिएकोले सङ्क्रमणबाट जोगाउनका लागि विद्यालय बन्द गरिएको महानगरपालिकाले जनाएको छ । यस अवधिमा शिक्षकहरूलाई भने हैजा नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ ।
हैजा संक्रमितहरुमध्ये डिस्चार्ज हुने संख्या बढेपनि नियन्त्रणमा भने आइसकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण