कृषि विकास बैंकको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त
सारांश
- डिमप्रसाद पौडेल कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका छन्।
- अर्थ मन्त्रालयले उनलाई यसअघि बैंक सञ्चालकमा नियुक्त गरेको थियो ।
- यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा नियुक्त गरिएको थियो।
काठमाडौँ । कृषि विकास बैंकको सञ्चालक समितिको अध्यक्षमा डिमप्रसाद पौडेल नियुक्त भएका छन् । अर्थ मन्त्रालयले यसअघि बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई सञ्चालकमा नियुक्त गरेको थियो ।
अर्थ मन्त्रालयले बनायो योजना अनुरूप उनलाई बुधवार बसेको सञ्चालक समिति बैठकले अध्यक्ष नियुक्त गरेको हो । बैंकका यसअघिका अध्यक्ष रामशरण पुडासैनीलाई सरकारले प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) मा नियुक्त गरेपछि अध्यक्ष पद रिक्त रहेको थियो ।
बुधवार नै नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलसँग पद तथा गोपनीयताको शपथ ग्रहण गर्नेको लागि तयारी भइरहेको छ । पौडेलले यसअघि नेपाल वायुसेवा निगमको महाप्रबन्धकको जिम्मेवारी सम्हालिसकेका छन् ।
पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्षभन्दा लामो व्यावसायिक अनुभव छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानले अमेरिकासँग माग्यो १० अर्ब डलर
-
राष्ट्रिय भेलाले जे निर्णय गर्छ, त्यही अनुसार अगाडि बढौँ : जीतजंग बस्नेत
-
बीपी र पुष्पलालका विचार आज पनि उत्तिकै सान्दर्भिक छन् : जनार्दन शर्मा
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण