म्याग्दीको पात्लेखेत पहिरोको जोखिममा
सारांश
- म्याग्दीको बेनी नगरपालिका(१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ।
- पहिरोले ३० जना किसानको सात सय रोपनी खेतीयोग्य जमिन बगाएको छ भने करिब आठ हेक्टर वन नष्ट भएको छ।
- संघीय सरकारका राज्यमन्त्रीले पहिरोको प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
म्याग्दी । जिल्लाको बेनी नगरपालिका(१० पात्लेखेत गाउँ पहिरोको जोखिममा परेको छ । पात्लेखेतको फेदीबाट बग्ने राहुघाट नदीबाट सुरु भएको बान्द्रेखाल्टी र पाखाको पहिरो गाउँसम्म आइपुगेपछि जोखिम बढेको हो ।
पहिरोले ३० जना किसानको सात सय रोपनी खेतीयोग्य जमिन बगाएको बताउँदै करिब आठ हेक्टरभन्दा बढी वन नष्ट गरेको स्थानीय केदार सुवेदीले जानकारी दिए । उनका अनुसार हरि गर्बुजा, खम्बी गर्बुजा, यामबहादुर राम्जाली र लालबहादुर हमालको परिवार पहिरोका कारण विस्थापित भएका छन् ।
गोकुल शर्मा, केदार सुवेदी, नरबहादुर मल्ल, जागेश्वर रिजाल, धनबहादुर मल्ल, अर्जुन पराजुली, मनबहादुर रावत, टीका गिरी र कमल मल्लको घर पहिरोको उच्च जोखिममा परेका बेनी नगर कार्यपालिका सदस्य निर्मला मल्लले जानकारी दिए । उनका अनुसार पहिरोका कारण बान्द्रेखाल्टीका ३५ र पाखाका २८ परिवार जोखिममा परेका छन् ।
‘भिरालो जमिन र कमजोर भूगोल भएको पाखो निरन्तर बगिरहेको छ । खेतबारी धाँजा फाटेर चिरा परेका छन् । घरका पर्खाल चर्किएका छन् । ग्यावियन पर्खाल निर्माण, पानी तर्काउने विधि अपनाइए पनि पहिरो रोकथामको प्रयास सफल भएको छैन’, उनले भने ।
केही दिनअघि पहिरोको जोखिम भएको क्षेत्रको निरीक्षण गर्न पुगेका सङ्घीय सरकारका ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले पात्लेखेत पहिरोको प्राविधिक अध्ययन गरी दीर्घकालीन समाधानको पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वविद्यालयमा उपकुलपतिले पदाधिकारी नियुक्त गर्ने
-
भारत सरकार र सीजेपीबिच वार्ता, आन्दोलन भने जारी रहने
-
हर्मुज जलमार्गमा फसेका ६ हजार नाविक उद्धारका लागि राष्ट्रसङ्घको आह्वान
-
सिलिण्डर विष्फोट हुँदा एक जनाको मृत्यु, एक जना गम्भीर घाइते
-
निहारिका राजपुत र बिनु यादव हाजिरी जमानीमा रिहा
-
गृहमन्त्री भन्छन्– म छड्के जान्छु, गृहमन्त्री गायब भयो भनेर समाचार आउँछ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण