एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित
सारांश
- एमाले केन्द्रीय सदस्य ऐन महर साइबर अपराधको आरोपमा प्रहरीमा उपस्थित भएका छन्।
- काठमाडौं जिल्ला अदालतले साइबर ब्युरोको अनुरोधमा उनको विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।
- एक महिलाले साइबर ब्युरोमा उनीविरुद्ध जाहेरी दिएपछि उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराइनेछ।
काठमाडौँ । एमाले केन्द्रीय सदस्य ऐन महर प्रहरीमा उपस्थित भएका छन् । साइबर अपराधमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै बुधबार उनी प्रहरीमा उपस्थित भएका हुन् ।
यसअघि साइबर ब्युरोको अनुरोधमा काठमाडौँ जिल्ला अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन् । महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार अदालतमा उपस्थित भएको ब्युरोका एसपी दिपक राज अवस्थीले जानकारी दिए । आजै उनलाई म्याद थपका लागि अदालतमा उपस्थित गराउन लागिएको छ ।
यसअघि पनि ती महिलाले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएकी थिइन् । महर अनेरास्ववियुको विद्यार्थी राजनीति गर्दै पार्टीको केन्द्रीय सदस्य बनेका हुन् ।
बझाङ घर भएका महर प्रतिनिधिसभाको चुनावमा उम्मेदवार बनेका थिए । उनी एकीकृत समाजवादीका नेता भानुभक्त जोशीसँग पराजित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण