आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

टेलर स्विफ्टले प्रेमी ट्राभिस केल्सीसँग गरिन् 'इन्गेजमेन्ट', औँठीको मूल्यले सबै चकित

बुधबार, ११ भदौ २०८२, १८ : २४
बुधबार, ११ भदौ २०८२

सारांश

  • चर्चित गायिका टेलर स्विफ्टले लामो समयदेखिका प्रेमी ट्राभिस केल्सीसँग इन्गेजमेन्ट गरेकी छिन्।
  • टेलरले इन्स्टाग्राममा इन्गेजमेन्टको तस्बिर पोस्ट गर्दै औंठीको मूल्य करिब ७ करोड रुपैयाँ रहेको अनुमान गरिएको छ।
  • टेलर र ट्राभिस दुई वर्षदेखि प्रेम सम्बन्धमा थिए, र उनीहरूको पहिलो भेट एराज टुर कन्सर्टमा भएको थियो।
00:00 / NaN:NaN
Audio By AI

न्युयोर्क । विश्वकै चर्चित गायिका टेलर स्विफ्टले आफ्ना लामो समयदेखिका प्रेमी ट्राभिस केल्सीसँग इन्गेजमेन्ट गरेकी छिन्। उनले मंगलबार एक सामाजिक सञ्जाल पोस्टमार्फत आफ्नो इन्गेजमेन्टको घोषणा गरेकी हुन्।

टेलर स्विफ्टले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा इन्गेजमेन्टका केही तस्बिरहरू सेयर गर्दै लेखेकी छिन्, ‘तपाईँको अङ्ग्रेजी शिक्षक र तपाईँको जिम शिक्षक विवाह गर्दै छन्।’

engaged

उनले आफ्नो सुन्दर हीराको औँठीको तस्बिर पनि पोस्ट गरेकी छिन्, जसले सबैको ध्यान तानेको छ। यो औँठीको मूल्यलाई लिएर अहिले अनुमानहरू भइरहेका छन्। 'द हलिउड रिपोर्टर'ले हीरा विशेषज्ञहरूलाई उद्धृत गर्दै यो इन्गेजमेन्ट रिङ ८ देखि १० क्यारेटको भएको बताएको छ।

4K21670_Swift_engaged_3_png

ज्वेलरी इन्फ्लुएन्सर जुलिया शाफका अनुसार, यस कुशन कट हीराको मूल्य करिब साढे दुई लाख डलर (नेपाली २ करोड ८० लाख रुपैयाँ) रहेको छ। यस्तै, पूरै औँठीको मूल्य ५ लाख डलर (करिब ७ करोड रुपैयाँ) रहेको अनुमान गरिएको छ।

टेलर स्विफ्ट र ट्राभिस केल्सी विगत २ वर्षदेखि सम्बन्धमा रहेका छन्। उनीहरूको पहिलो भेट सन् २०२३ मा टेलर स्विफ्टको ‘एराज टुर’ कन्सर्टका क्रममा भएको थियो। 

taylor-swift-travis-kelce-engaged

ट्राभिस पनि त्यो कन्सर्टमा सहभागी भएका थिए। 'न्यु हाइट्स' पोडकास्टमा ट्राभिसले पहिलो कन्सर्टमा टेलरसँग कुरा गर्न नपाउँदा आफू निराश भएको बताएका थिए। उनले टेलरका लागि एक विशेष ब्रेसलेट पनि लिएर गएका थिए तर उनलाई दिन सकेनन्।

टेलर स्विफ्टलाई विश्वकै सबैभन्दा धनी महिला गायकहरूमध्ये एक मानिन्छ। त्यस्तै, ट्राभिस केल्सी पनि एक कीर्तिमानी फुटबल खेलाडी हुन्। 

उनी १० पटक 'प्रो बलर' र ७ पटक 'अल प्रो' रहेका छन्। उनको नाममा १ हजार 'रिसिभिङ यार्ड' हासिल गर्ने कीर्तिमान पनि रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप