मोबाइल चलाउँदै गाडी हाँक्दा गजुरेललाई कारबाही : ‘जरिवाना तिर्दा पनि करोडको मज्जा !’
सारांश
- प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले ट्राफिक नियम उल्लंघन गरेबापत ५०० रुपैयाँ जरिवाना तिरेका छन्।
- उनले लापरवाहीपूर्वक गाडी चलाउँदा मोबाइल चलाएको स्वीकार गरे, जसकारण उनलाई जरिवाना लागेको हो।
- गजुरेलले सूचना प्रविधिको प्रयोगबाट ट्राफिक प्रहरीले थालेको नयाँ अभियानको प्रशंसा गरेका छन्।
काठमाडौँ । प्रसिद्ध हास्य कलाकार मनोज गजुरेलले ट्राफिक नियम उल्लंघन गरेबापत ५०० रुपैयाँ जरिवाना तिर्दा 'करोडको मज्जा' आएको बताएका छन्। उनले हालै आफ्नो फेसबुकमा एक पोस्ट लेख्दै सूचना प्रविधिको प्रयोगबाट ट्राफिक प्रहरीले थालेको नयाँ अभियानको प्रशंसा गरेका हुन्।
रत्नपार्कमा गाडी चलाउँदै गर्दा ट्राफिक प्रहरीले उनलाई रोकेर लाइसेन्स र ब्लुबुक जाँच गरे। त्यसपछि, प्रहरीले वाकीटकीमा सोधे, "सर... यो गाडीको कसुर ?" अर्को तर्फबाट जवाफ आयो, "लापरवाहीपूर्वक गाडी चलाएको।"
प्रहरीले गजुरेललाई लापरवाहीको कारण सोध्दा, उनले गाडी हाँक्दै मोबाइल चलाएको बताए। प्रहरीले थपे, "क्यामेरा र सादा पोशाकमा ट्राफिकहरूले तपाईंलाई नियालिरहेका छन्, जहाँ जहिले पनि कारवाहीमा पर्न सक्नुहुन्छ।"
प्रहरीले उनलाई 'नागरिक एप' चलाउनुहुन्छ भनेर सोधे। उनले एप देखाएपछि प्रहरीले अहिले जान सक्ने तर पछि एपमा जरिवानाको सूचना आउने बताए। गजुरेल दङ्ग पर्दै अगाडि बढे। तर, बेलुका उनको नागरिक एपमा 'लापरवाहीपूर्वक गाडी चलाएको' कारण ५०० रुपैयाँ जरिवानाको नोटिस आयो।
उनले ई-सेवाबाट सजिलै जरिवाना तिरेको र यसले बैंक वा ट्राफिक कार्यालय धाउनुपर्ने झन्झटबाट मुक्ति मिलेको उल्लेख गरेका छन्। आफ्नो फेसबुक पोस्टमा गजुरेलले लेखेका छन्, "लातोंका भूत बातोंसे नही मानता" भनेको सही रहेछ। उनले ५०० रुपैयाँको जरिवानाले गाडी चलाउँदा मोबाइल चलाउने आफ्नो बानी अब छुट्ने आशा व्यक्त गरेका छन्।
उनले श्रीमती मञ्जु पनि यो जरिवानाले खुसी भएको बताएका छन्, किनकी उनको यो बानीबाट उनी पनि आजित भइसकेकी थिइन्।
गजुरेलले यस घटनाले ट्राफिक प्रहरीले सूचना र प्रविधिको सकारात्मक प्रयोग गरिरहेको पुष्टि भएको बताएका छन्। उनले थपेका छन्, ‘म धेरै पटक ट्राफिक प्रहरीबाट 'प्रिभिलेज' पाएर दण्डबाट उम्किएको छु, जुन आफ्नै लागि दुर्घटनाको कारण बन्न सक्थ्यो।’
‘जरिवाना तिर्दा पनि करोडको मज्जा आयो,’ उनले आफ्नो पोस्टमा लेखेका छन्। गजुरेलले अन्त्यमा भनेका छन्, ’देशमा केही हुँदै नभएको चाहीँ होइन। सोचेजति नभएको मात्र हो तर केही-केही त अवश्य हुँदैछ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानुन कार्यान्वयनमा चुनौती : महान्यायाधिवक्ता कँडेल
-
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण