पूर्व सुरक्षाकर्मी परिषद्ले भन्यो– इम्बोस्ड नम्बर देवनागरी लिपिमा बनाइयोस्
सारांश
- पूर्व सुरक्षाकर्मी परिषद्ले इम्बोस्ड नम्बर देवनागरी लिपिमा बनाउन माग गरेको छ।
- परिषद्ले इम्बोस्ड नम्बर प्लेट बनाउने जिम्मा स्वदेशी कम्पनीलाई दिन माग गरेको छ।
- नागरिकको असहमति र आवाजलाई बेवास्ता गर्दै सरकार अघि बढेकोमा परिषद्ले ध्यानाकर्षण जनाएको छ।
काठमाडौँ ।पूर्व सुरक्षाकर्मी परिषद् नेपालले इम्बोस्ड नम्बर देवनागरी लिपिमा बनाउन माग गरेको छ । बुधबार परिषद्ले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेकाे हाे ।
इम्बोस्ड नम्बर प्लेट बनाउन र जडान गर्ने जिम्मा स्वदेशी कम्पनीलाई मात्र दिन परिषद्ले माग गरेको छ । डेटा सुरक्षाको लागि त्यसको सुचना अर्थात आइटी कन्ट्रोल नेपालकै सुरक्षा अङ्गहरूसँग मात्र राखिनुपर्ने,यसलाई चरणबद्ध किसिमबाट लागु गर्नुपर्ने एवं सेवाग्राही नठगिने ढङ्गबाट सरल र सहज ढङ्गबाट सेवा उपलब्ध गराउन परिषद्ले सरकारसमक्ष माग गरेको छ ।
परिषद्का अध्यक्ष कोमल बहादुर राउत र प्रवक्ता फणिन्द्र प्रसाद घिमिरेद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,'नेपालको सवारी साधनहरूमा नेपाल सरकारले अनिवार्य रूपमा अङ्ग्रेजी इम्बोस्ड नम्बर लागू गर्न पटक–पटक निर्णय गरेको सम्बन्धमा देशव्यापी रूपमा आम नेपाली नागरिकहरू सशङ्कित भई आपत्ति र असहमति प्रकट भइरहँदा पनि सरकारले आफ्नो निर्णय नसच्याउने र नागरिकको आवाजलाई बेवास्ता गरी अगाडि बढेको विषयमा यस पूर्व सुरक्षाकर्मी परिषद् नेपालको गम्भीर ध्यानाकर्षण भएको छ ।'
समयको आवश्यकता र प्रविधिको विकाससँगै यस्ता विषयहरू भित्राउन बाध्य भएको खण्डमा लागू गर्नु पूर्व यो विषयमा मुलुकको संवैधानिक आधार, नागरिकको भाषिक अधिकार, राष्ट्रिय हित र सुरक्षा, अन्तर्राष्ट्रिय अभ्यास, नागरिकको गोपनीयता, डाटा सुरक्षा साथै स्वदेशी प्रविधि र रोजगारसमेतलाई मध्यनजर गर्नुपर्ने परिषद्ले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण