कालीगण्डकी करिडोर अवरुद्ध
बिहीबार, १२ भदौ २०८२, १० : ५४
सारांश
- गुल्मीको कालीगण्डकी गाउँपालिका-२ राक्सेमा पहिरो खसेपछि कालीगण्डकी करिडोर अवरुद्ध भएको छ।
- वर्षा जारी रहेकाले सडक खुलाउन कठिनाइ भइरहेको छ, र पहिरो खस्ने क्रम रोकिएको छैन।
- सडक खुलाउन सुरक्षाकर्मी र आवश्यक उपकरण परिचालन गरिएको छ।
गुल्मी । पहिरोका कारण कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–२ राक्सेमा आज बिहान पहिरो खसेपछि उक्त सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
उक्त क्षेत्रमा वर्षा जारी रहेकोे र सडक माथिबाट पहिरो खस्ने क्रम पनि नरोकिएकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए ।
सडक खुलाउन आवश्यक उपकरणसहित सुरक्षाकर्मी परिचालन भएका छन् । बुधबार अपराह्नदेखिको वर्षा रोकिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण