कैलालीका एसपी राणा फिर्ता, नरेन्द्र चन्दलाई जिम्मेवारी
बिहीबार, १२ भदौ २०८२, ११ : १०
सारांश
- कैलालीका एसपी बालनरसिंह राणालाई फिर्ता बोलाउने निर्णय गरियो र उनलाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ।
- कैलालीको प्रहरी प्रमुखमा एसपी नरेन्द्र चन्दलाई पठाइयो, जो सीआईबीमा कार्यरत थिए।
- कैलाली कारागारमा झडप हुँदा एक कैदीको मृत्यु भएपछि एसपीलाई फिर्ता बोलाइएको हो।
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलालीका एसपी बालनरसिंह राणालाई फिर्ता बोलाउने निर्णय गरिएको छ । प्रहरी प्रधान कार्यालयले राणालाई बुधवार राति ९ बजे फिर्ता बोलाउने निर्णय लिएको हो । उनलाई उपत्यका प्रहरी कार्यालयमा काज सरुवा गरिएको छ ।
कैलालीको प्रहरी प्रमुखमा एसपी नरेन्द्र चन्दलाई पठाइएको छ । चन्द केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरत थिए । साउन २३ मा कैलाली कारागारमा झडप हुँदा एक जना कैदीको मृत्यु भएको थियो । सो घटनामा सुरक्षा समन्वयमा कमजोरी देखिएको भन्दै गृह मन्त्रालयले तत्कालीन प्रजिअ गोगनबहादुर हमाललाई जिम्मेवारीबाट हटाएको थियो ।
साउन २८ मा हमाललाई हटाएर गृह मन्त्रालयले कृष्णप्रसाद लम्साललाई कैलालीको प्रजिअको जिम्मेवारी दिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण