नेपाल शिक्षक महासङ्घले बुझायो एमालेलाई ध्यानाकर्षण पत्र
सारांश
- नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै एमालेको कार्यालयमा धर्ना दिएको छ।
- शिक्षकहरूले सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाए।
- एमाले महासचिव पोखरेलले शिक्षकका मुद्दा सम्बोधन गर्न पहल गर्ने आश्वासन दिए।
काठमाडौँ । नेपाल शिक्षक महासङ्घले नेकपा एमालेको कार्यालयमा धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ । विद्यालय शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै आन्दोलनरत महासङ्घले बिहीबार ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा धर्ना दिनुका साथै एमाले महासचिव शंकर पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको हो । सरकारले आफूहरूसँग गरेको सहमति पूर्ण रुपमा सम्बोधन हुन नसकेकाले सच्याउन दबाब दिन भन्दै शिक्षकहरूले राजनीतिक दलका कार्यालयमा धर्ना दिएका हुन् ।
शिक्षकहरूको ध्यानाकर्षण पत्र बुझ्दै एमाले महासचिव पोखरेलले शिक्षा व्यवस्थालाई व्यवस्थित गर्न तयार गरिएको शिक्षा सम्बन्धी विधेयकमा शिक्षकहरूको मुद्दा समावेश गर्न एमालेले सहजीकरण गरेको बताए । उनले यसअघि शिक्षक र सरकारबिच भएको सहमति कार्यान्वयनप्रति एमाले प्रतिबद्ध रहेको समेत उल्लेख गरे ।
पोखरेलले सरकारसँग भएको सहमतिहरू कार्यान्वयन गर्न छुटेको भए राष्ट्रियसभाका माध्यमबाट भए पनि ती विषयहरूलाई समावेश गर्न पहल गर्ने आश्वासन समेत दिए ।
त्यस्तै महासङ्घकी सहअध्यक्ष तथा आन्दोलन परिचालन समिति संयोजक नानुमाया पराजुलीले महासङ्घसँग भएको ९ बुँदे सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेकाले पुनः आन्दोलन गर्नुपरेको बताइन् ।
प्रतिनिधिसभा पेस भएको विधेयकले शिक्षक कर्मचारीका मुख्य सरोकार र विगतका सहमतिमा रहेका धेरै विषयहरू अझै पनि सम्बोधन हुन नसकेको उनले बताइन् । उनले विधेयकमा रहेका असहमतिका बुँदाहरूलाई प्रतिनिधिसभा र राष्ट्रियसभाबाट सम्बोधन गर्न राजनीतिक दलहरूले सहयोग गर्ने विश्वास व्यक्त गरिन् । महासङ्घले शुक्रबार माओवादी केन्द्रको कार्यालयमा धर्ना दिने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाभित्र खटपट र मन्त्री फेर्ने ‘हाउगुजी’का बिच ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक !
-
इरानमा अमेरिकी आक्रमण, ४ जनाको मृत्यु
-
फ्रान्समा १५ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
-
विवेक मण्डलका परिवारलाई गगन थापाद्वारा १ लाख सहयोग
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण