विपद् पूर्वतयारीदेखि सामाजिक सञ्जालको निगरानीमा कडाइ गरिने
सारांश
- बागमती प्रदेश सुरक्षा समितिको बैठकले प्रदेशको शान्ति सुरक्षा सुदृढ बनाउन निर्देशन दिएको छ।
- बैठकमा मुख्यमन्त्रीले विपद् पूर्वतयारी, अवैध हातहतियार नियन्त्रण, र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणमा कडाइ गर्न निर्देशन दिए।
- बैठकले मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरण र चाडपर्व लक्षित विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएको छ।
मकवानपुर । बागमती प्रदेश सुरक्षा समितिको बैठकले प्रदेशको समग्र शान्ति सुरक्षा सुदृढ बनाउन निर्देशन गरेको छ । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बिहीबार बसेको बैठकले विपद् पूर्वतयारीदेखि सामाजिक सञ्जालको निगरानीमा कडाइ गर्न निर्देशन गरेको हो ।
बैठकमा मुख्यमन्त्री बानियाँले वर्षा तथा बाढी पहिरो जस्ता प्राकृतिक विपद्को पूर्वतयारी, अवैध हातहतियार नियन्त्रण, लागूऔषधविरुद्धको अभियान, चाडपर्व लक्षित सुरक्षा व्यवस्थापन र सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रणमा कडाइ गर्न निर्देशन दिएका हुन् । उक्त बैठकले प्रदेशको सुरक्षाको अवस्था विश्लेषणका आधारमा ६ बुँदे निर्णय समेत गरेको हो ।
बैठकले मनसुनजन्य विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणका लागि उच्चस्तरीय एकीकृत संयन्त्र र सबै सुरक्षा निकायलाई विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि तयारी अवस्थामा रहन निर्देशन गरिएको छ भने प्रदेशभित्रको शान्ति सुरक्षालाई थप सुदृढ गर्न अवैध रूपमा रहेका हातहतियार बुझाउन सूचना जारी गर्ने निर्णय भएको छ ।
समितिले उक्त कार्यका लागि कानुन बमोजिम प्रक्रिया अगाडि बढाउन प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयहरूलाई लेखी पठाउने निर्णय गरेको छ ।
यसका साथै गाँजा, चरेस जस्ता लागूऔषधको अत्यधिक खेती हुने क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा विद्यालय र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ भने नजिकिँदै गरेको दसैँ, तिहार, छठ जस्ता मुख्य चाडपर्वहरूमा नागरिकलाई शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन विशेष सुरक्षा सतर्कता अपनाउन पनि सम्पूर्ण सुरक्षा निकायलाई निर्देशन दिइएको छ ।
साथै सामाजिक सञ्जालमार्फत नियोजित रूपमा भ्रम फैलाउने, सामाजिक सद्भाव खलबलाउने र शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधिहरूको निरन्तर निगरानी गरी त्यस्ता क्रियाकलापमा संलग्नलाई कानुनी कारबाहीको दायरामा ल्याउन बागमती प्रदेश प्रहरी कार्यालयलाई विशेष निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण