चलचित्र ‘माइतीघर’ को गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक
काठमाडौँ । रोहित अधिकारी फिल्मस् प्रा.लिको ब्यानरमा निर्माण भएको चलचित्र ‘माइतीघर’को शीर्ष गीत ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ सार्वजनिक गरिएको छ ।
ओएसआर डिजिटलबाट बिहीबार सार्वजनिक गरिएको गीतमा सञ्जिवनीको स्वर, किरण खरेलको शब्द, स्वर्गीय जयदेवको सङ्गीत छ ।
गीतको ओर्जिनल भर्सनमा गायिका आशा भोस्लेको स्वर समावेश थियो । ‘माइतीघर’ नामक पुरानो नेपाली फिल्मको बहुचर्चित गीतलाई निर्माता रोहित अधिकारी र उनको टिमले पुनः बजारमा ल्याएको हो । असोज १३ गते दसैँको फूलपातीबाट यो फिल्म रिलिजमा आउँदै छ ।
गीतको भिडियोमा नायिकाद्धय उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पाले नृत्य गरेका छन् । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायाङ्कन रहेको यो फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन छ ।
कविराज गहतराजले यो गीतको भिडियोको कोरियोग्राफी गरेका हुन् । भिडियोको कोरियोग्राफी लोभलाग्दो छ । लोकेसन र छायाङ्कनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेसन छनोट गरिएको छ ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो फिल्ममा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको फिल्ममा रामशरण पाठकको लेखन छ ।
यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्धि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरूको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको फिल्मले दर्शकको माया पाउने विश्वास गरिएको छ ।
यो गीतको भिडियो प्रतियोगिताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा फिल्मका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण