शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
संसद्

संसद्को भदौको क्यालेन्डर तय गर्न सभामुख प्रमुख सचेतकहरूसँग छलफलमा

बिहीबार, १२ भदौ २०८२, १६ : ०१
बिहीबार, १२ भदौ २०८२

सारांश

  • सभामुख देवराज घिमिरेले भदौ महिनाको संसद् क्यालेन्डरबारे छलफल गरेका छन्।
  • छलफलमा पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरू सहभागी थिए।
  • शुक्रबारको कार्यव्यवस्था परामर्श समिति बैठकले क्यालेन्डर सार्वजनिक गर्नेछ।

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पाँच राष्ट्रिय दलका प्रमुख सचेतकहरूसँग भदौ महिनाको संसद् क्यालेन्डरका विषयमा छलफल गरेका छन् । सिंहदरबारस्थित सभामुख घिमिरेको कार्यकक्षमा भएको छलफलमा क्यालेन्डर तय गरिएको छ । 

शुक्रबार बस्ने कार्यव्यवस्था परामर्श समिति बैठकबाट निर्णय भएपछि क्यालेन्डर सार्वजनिक हुनेछ ।  बैठकमा सत्तारुढ दल नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सचेतक अनिसा नेपाली र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का प्रमुख सचेतक सन्तोष परियार सहभागी थिए  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप