स्क्रेबल टोली मलेसिया जाने
सारांश
- नेपालबाट १४ खेलाडीसहित १८ सदस्यीय टोली मलेसियाको क्वालालम्पुरमा हुने विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा भाग लिन प्रस्थान गर्दैछ।
- यु-१६ उमेर समूहको प्रतियोगितामा नेपाली खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन्, जसमा २४ चरणका खेलहरू हुनेछन्।
- टोलीलाई बिदाई गर्दै राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव र काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्षले शुभकामना दिए।
काठमाडौँ । विश्व युथ स्क्रेबल च्याम्पियनसिपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको क्वालालम्पुर प्रस्थान गर्ने भएको छ ।
खेलाडीमा अर्नव पाण्डे, प्रसिद्ध तिमल्सिना, निराजन पौडेल, प्रियन दाहाल, नित्यन्त चौलागाईं, त्रिसंगी श्रेष्ठ, सम्यम केसी, जेशिका श्रेष्ठ, खुसी श्रेष्ठ, युब श्रेष्ठ, तुसान खतिवडा, आयाम सापकोटा, आदित्यजंग मल्ल र सम्यम शर्माले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । यु–१६ उमेर समूहको प्रतियोगितामा २४ चरणको खेल हुनेछ ।
वर्ल्ड इङलिस स्क्रेबल प्लेयर एसोसिएसन (वेस्पा) को आयोजनामा हुने प्रतियोगिताको टोली प्रमुखमा राजेन्द्र पौडेल तथा प्रशिक्षकमा अर्जुन पाण्डे, प्रशान्त दाहाल र विनय श्रेष्ठ छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीले बिहीबार एक कार्यक्रमबिच बिदाइ गरे ।
स्क्रेबल क्लब प्रदेश खेलकुद परिषद्, गण्डकीमा दर्ता रहेको क्लबका अध्यक्ष केशवप्रसाद पराजुलीले जनाएका छन् । स्क्रेबल अक्षरबाट शब्द बनाएर खेलिने खेल हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण