चीन र भारत भ्रमण स्थगन गरी अतिक्रमित भूमि फिर्ताका लागि कदम चाल्न प्रधानमन्त्रीलाई सुझाव
सारांश
- भारत र चीनबीच लिपुलेकबाट व्यापारिक मार्ग खोल्ने सहमतिप्रति सात कम्युनिष्ट घटकहरूको विरोध छ।
- उनीहरूले उक्त सम्झौतालाई नेपालको सार्वभौमसत्तामाथिको हस्तक्षेपका रूपमा लिएका छन्।
- सात कम्युनिष्ट घटकहरूले प्रधानमन्त्रीको भ्रमण रोक्न र भूमि फिर्ताको लागि माग गरेका छन्।
काठमाडौँ । छिमेकी मुलुक भारत र चीनबिच लिपुलेक र कालापानीबाट व्यापारिक मार्ग खोल्ने गरी भएको सहमतिलाई लिएर विभिन्न सात कम्युनिष्ट घटकहरूले असहमति र विरोध जनाएका छन् ।
वसन्त संयोजक रहेको नेपाल कम्युनिष्ट पार्टी, दुर्गा बराइली अध्यक्ष रहेको श्रमिक जनता पार्टी, माधव गौतम स्थायी समिति सदस्य रहेको समाजवादी कम्युनिस्ट पार्टी नेपाल, मुक्ति संयोजक रहेको ग्रेटर नेपाल कम्युनिस्ट पार्टी, अरुण घिसिङ महासचिव रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) प्रतिवाद प्रवक्ता रहेको नेकपा (विद्रोही) र शम्भु कट्टेल संयोजक रहेको नयाँ जनवादी मोर्चाले संयुक्त रूपमा रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै भारत र चीनबिच लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्ने गरी भएको सम्झौताको विरोध गरेका हुन् ।
ऐतिहासिक तथ्य, अन्तर्राष्ट्रिय नक्साका आधारमा कालापानी र लिपुलेक नेपालको अविभाज्य अङ्गहरू हुन् भन्ने कुरा प्रष्ट हुँदाहुँदै पनि भारतीय पक्षले निरन्तर हस्तक्षेप र अतिक्रमण जारी राखेको सात कम्युनिष्ट घटकहरूको भनाइ छ ।
‘चीन र भारतबिच त्यस किसिमको सहमति हुनु हाम्रो राष्ट्रिय स्वाधीनता, सार्वभौमसत्ता र अखण्डता माथिको रणनीतिक हस्तक्षेप, निषेध र चोटपूर्ण कदम हो,’– उनीहरुले विज्ञप्तिमार्फत भनेका छन् ।
लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्ने गरी भारत र चीनबिच भएको सहमतिमा उनीहरुले अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन र भारत भ्रमण स्थगन गरी नेपालको स्वाधीनता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको दृढ रक्षा गर्न र अतिक्रमित भूमि अविलम्ब फिर्ता गर्न कदम चाल्न सात कम्युनिष्ट घटकहरूले माग गरेका छन् ।
लिपुलेकको व्यापारिक मार्ग प्रयोग गर्ने गरी भारत र चीनबिचमा भएको सहमतिको विरोध र प्रतिरोधमा उत्रिनसमेत सात कम्युनिष्ट घटकहरूले सबै समक्ष अपिल गरेका छन् ।
भारत र चीनबिच भएको उक्त सहमतिको विरोधमा सात कम्युनिष्ट घटकहरूले भदौ १३ गते विरोध प्रदर्शन गर्ने भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
-
अर्जेन्टिना पराजित भएपछि ब्युनस आयर्समा झडप, १५ जना पक्राउ
-
‘मोबाइल फोन प्रसारण प्रणाली’ मार्फत विपद्को पूर्वसूचना दिने तयारी
-
काठमाडौं उपत्यकाको ढल निकास सुधार्ने विषयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण