मटिहानी नगरपालिकाद्वारा ११ कक्षाका ५८ छात्रालाई साइकल वितरण
सारांश
- मटिहानी नगरपालिकाले छात्राको उच्च शिक्षा पहुँच बढाउन साइकल वितरण गरेको छ।
- कक्षा ११ मा अध्ययनरत ५८ जना छात्रालाई साइकल वितरण गरिएको हो, जसले नियमित पठनपाठनमा सहयोग गर्नेछ।
- नगरपालिकाका अनुसार, यो कार्यक्रमले छात्राको संख्या बढाउन मद्दत गरेको छ र अन्य क्षेत्रका विद्यार्थीलाई पनि सहज हुनेछ।
महोत्तरी । उच्च शिक्षामा छात्राको पहुँच बढाउन र नियमित पठनपाठनमा प्रोत्साहित गर्न मटिहानी नगरपालिकाले साइकल वितरण गरेको छ ।
नगरपालिका अन्तर्गत रहेको श्रीराम माध्यमिक विद्यालय, मटिहानी–११ मा अध्ययनरत कक्षा ११ का ५८ जना छात्रालाई बिहीबार साइकल वितरण गरिएको हो ।
नगरपालिकाको नीति तथा कार्यक्रमअनुसार शिक्षामा छात्राको आकर्षण बढाउन यो कार्यक्रम सञ्चालन गरिएको नगरप्रमुख हरिप्रसाद मण्डलले बताए ।
नगरप्रमुख मण्डल र महोत्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद रिसालले संयुक्त रूपमा छात्राहरूलाई साइकल हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा नगरप्रमुख मण्डलले मटिहानी नगरमात्र नभई छिमेकी नगरपालिका र गाउँपालिका क्षेत्रका छात्रा पनि उक्त विद्यालयमा अध्ययन गर्न आउने गरेको बताउँदै साइकल वितरणले उनीहरूलाई सहज हुने विश्वास व्यक्त गरे । विगत सात वर्षदेखि कक्षा ११ का छात्रालाई साइकल वितरण हुँदै आएको जनाउँदै उनले यो कार्यक्रम सञ्चालन भएपछि छात्राको संख्या क्रमशः बढेको उल्लेख गरे ।
त्यसैगरी, प्रमुख जिल्ला अधिकारी रिसालले नगरपालिकाले शिक्षामा गरेको लगानीको प्रशंसा गर्दै साइकल वितरणले छात्राहरूलाई विद्यालय नियमिततामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विद्यालयका प्रधानाध्यापक श्रीश कुमार मिश्राले कक्षा ११ का ५८ जना छात्रालाई साइकल वितरण गरिएको जानकारी दिए । हाल उक्त विद्यालयमा मटिहानीसहित सिमरदही, बहुअर्वा, सुगा, पर्सापतैली, सिरसिया, धिरापुर तथा धनुषाको तुल्सियाही, मुखियापट्टी मुसरनियालगायतका क्षेत्रका विद्यार्थी अध्ययनरत छन् ।
साइकल वितरण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्मा, नगरपालिकाका विभिन्न वडाध्यक्षहरू, महोत्तरी उद्योग वाणिज्य संघका उपाध्यक्ष पवन साह र अजय कुमार साह लगायतको समेत उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका सांसदलाई ३ र ५ करोडको बजेट सिलिङ
-
विजय र स्वस्तिमा उत्कृष्ट कलाकार, निर्देशकमा मिलन चाम्स
-
अत्यधिक गर्मी बढेपछि कपिलवस्तु नगरपालिकाका विद्यालयमा तीन दिन बिदा
-
प्रदीप परियारले बजारमा ल्याए ‘सियोधागो’
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण