सर्लाहीमा कटुवा पेस्तोलसहित दुई जना पक्राउ, १० दिनको म्याद थप
सारांश
- सर्लाही प्रहरीले भारतबाट नेपाल आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।
- प्रहरीले दुवै जनालाई पक्राउ गरी हतियार लुकाएको स्थानबाट कटुवा पेस्तोल बरामद गर्यो।
- पक्राउ परेका दुवै जनालाई हातहतियार तथा खरखजना मुद्दामा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।
सर्लाही । सर्लाही प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ ।
रामनगर गाउँपालिका–७ सिसौट टोलका वर्ष करिब २५ वर्षीय किशन महरालाई विशेष सूचनाका आधारमा पक्राउ गरी उनको बयानका आधारमा अर्का १८ वर्षीय श्याम महरालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीले बागमती नदीको किनारबाट एउटा कटुवा पेस्तोल बरामद गरेको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको मलंगवा तर्फ बीआर ०६ डीएम ९५२३ नम्बरको मोटरसाइकल चढी आउँदै गरेका किशन महरालाई विशेष सूचनाका आधारमा प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरी निरीक्षक रवीन्द्र कार्कीको कमान्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको थियो ।
सोधपुछका क्रममा किशनले आफूले बोक्ने गरेको हतियार बागमती नगरपालिका–४ जिरायत टोल बस्ने विनोद महराका छोरा वर्ष १८ वर्षीय श्याम महरालाई राख्न दिएको बताएका थिए ।
सोही बयानका आधारमा प्रहरीले श्याम महरालाई उनको घर ठेगानामा गई नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले उक्त हतियार बागमती नगरपालिका–१२ स्थित बागमती नदीको बगरमा राखेको बताए । प्रहरीले तोकिएको स्थानबाट एक नाल कटुवा पेस्तोल बरामद गरेको जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई बिहीबार सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी हातहतियार तथा खरखजना मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण