बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

दमन तोड्दै विद्यार्थीको ऐतिहासिक विजय

बिहीबार, १२ भदौ २०८२, २२ : ००
बिहीबार, १२ भदौ २०८२

अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला समितिको नेतृत्वमा सुरु गरिएको शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन अन्ततः ऐतिहासिक विजयमा परिणत भएको छ । ३४ दिन लामो संघर्ष, जसमा धर्नादेखि रिले अनशनसम्मका कार्यक्रम निरन्तर सञ्चालन भए, प्रहरीको दमन र धरपकड सहनु पर्‍यो, विद्यार्थीहरू घाइते भए, तर अन्ततः आन्दोलनले सरकार र विश्वविद्यालयलाई घुँडा टेकाउन बाध्य बनाएको छ । 

८,९ महिनाअघि केन्द्रीय विभागमा गाभिएका मानविकी तथा सामाजिक शास्त्र संकाय अन्तर्गत रहेका ४ वटा विभागहरू ९अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व, शान्ति तथा विकास अध्ययन० ले मनपरी रुपमा लिने गरिएको शुल्कले अखिल क्रान्तिकारीलाई सडकमा उत्रन बाध्य बनायो । संघर्षको सुरुवातसँगै विद्यार्थीहरू त्रिवि परिसर भित्र उपकुलपतिको ढोकाबाहिर धर्नामा बसे, विभिन्न चरणमा विरोध प्रदर्शन गरे । एक हप्ता धर्ना पश्चात् विद्यार्थीहरूले रिले अनशन सुरु गर्न थाले । सरकारले आन्दोलनलाई दबाउने प्रयत्न गर्दै प्रहरीलाई विद्यार्थीमाथि दमनमा उतार्‍यो । 

akhil-krantikari.2jpg

आन्दोलनका क्रममा विद्यार्थीहरूलाई लाठीचार्ज गरियो, ममता जोशी, सुशील नेपाली, उमेश सेञ्चुरी लगायत अनगिन्ती घाइते भएस संगठनका उपाध्यक्ष अटल आचार्य, उपमहासचिव तथा उपत्यका विशेष प्रदेश इन्चार्ज निरोज श्रेष्ठ, सचिव जितेन्द्र भण्डारी र युङ्छोहाङ माबो लिम्बु, क्याम्पस जिल्ला अध्यक्ष प्रदीप भण्डारी, आन्दोलनका संयोजक मनीष चम्लागाईं, आन्दोलनका कमाण्डर प्रवीण दाहाल, उमेश सेञ्चुरी, योगेन्द्र भट्ट, उमेश ढुंगाना, कृष्ण साउद, कृष्णप्रसाद वली, रमेश नेपाली सहित १३ जनालाई प्रहरीले पक्राउसमेत गरियो । प्रहरीको क्रूरतापूर्ण हस्तक्षेपका बाबजुद पनि आन्दोलनले हार मानेन । विद्यार्थीहरूको दृढता, साहस र आस्था झन् चुलिँदै गयो । त्रिवि परिसर आन्दोलनकारी विद्यार्थीहरूको नारा र संघर्षको घण्टीले निरन्तर गुन्जिरह्यो । झरीको बाबजुद पाल टाँगेर रिले अनशनमा बसिरहे । 

३४ दिन लामो संघर्षको प्रतिफलस्वरूप अखिल क्रान्तिकारीको मागअनुसार विश्वविद्यालयले शुल्क घटाउने सहमति गर्न बाध्य भएको छ । सहमति अनुसार यी विभागहरूको शुल्क रु । १ लाख ८० हजारबाट घटाएर अब रु । १ लाख १० हजार कायम गरिनेछ । सो व्यवस्था तत्काल दोस्रो सेमेस्टरदेखि लागू हुनेछ । यो विजयले फेरि एकपटक प्रमाणित गरेको छ कि विद्यार्थी आन्दोलन दमनले दबिँदैन, उल्टै अझ सशक्त भएर विजयतर्फ अघि बढ्छ । 

अखिल क्रान्तिकारीले स्पष्ट गरेको छ कि यो उपलब्धि केवल शुल्क घटाउनेमा सीमित छैन, यो विद्यार्थी आन्दोलनको जीवित शक्ति, विद्रोहको परम्परा, र शैक्षिक क्षेत्रलाई व्यापारीकरणविरुद्ध उभ्याउने ऐतिहासिक मीलका पत्थर हो । 

संघर्षमा लागेका विद्यार्थी प्रदीप भण्डारीले भनेका छन्, 'हामीले भोगेको पीडा, प्रहरीको लाठी, जेलको यातना यी सबै व्यर्थ गएनन् । हामीले देखाएको आहुति नै आजको विजयको जग हो ।'  

विद्यार्थीहरूले आन्दोलनकै बीचमा भोगेको कठिनाइ अझै ताजा छस् रातभर नारा लगाउँदै बिताएका दिन, आकाश खुला हुँदासमेत प्लास्टिकको पालको छानामुनि टुटेफुटेका बिछ्यौनामा निदाएका क्षण, प्रचण्ड दमनपछि पनि दृढ रहनु परेको विवशता । तर, यी सबै पीडाहरू अन्ततः विजयको गौरवले ढाकिएका छन् । 

अखिल क्रान्तिकारीले पुनः प्रतिबद्धता जनाएको छ कि यो आन्दोलन अन्तिम होइन, शिक्षालाई सर्वसुलभ, वैज्ञानिक र निःशुल्क बनाउनका लागि अझ ठुलो र गहिरो लडाइँ निरन्तर अघि बढ्नेछ । 

(श्रेष्ठ अखिल क्रान्तिकारीका केन्द्रीय उपमहासचिव तथा उपत्यका विशेष प्रदेश समिति इन्चार्ज हुन्)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

निरोज श्रेष्ठ
निरोज श्रेष्ठ
लेखकबाट थप