सेक्स टेप र भ्रष्टाचार : इक्वेटोरियल गिनीका राष्ट्रपतिका भतिजलाई ८ वर्ष जेल सजाय
सारांश
- इक्वेटोरियल गिनीका राष्ट्रपति टिओडोरो ओबियाङ न्गुएमाका भतिज बाल्टासार एबाङ एङ्गोङ्गालाई पैसाको दुरुपयोगको आरोपमा ८ वर्ष कैद सजाय सुनाइएको छ।
- एङ्गोङ्गाले सार्वजनिक रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको र उनलाई २२ लाख डलर जरिवाना गरिएको छ।
- भ्रष्टाचारको आरोपमा जेल परेका बेला उनको विभिन्न महिलासँगको भिडियो सार्वजनिक भएको थियो, जसले विवाद निम्त्यायो।
गिनी । इक्वेटोरियल गिनीका राष्ट्रपति टिओडोरो ओबियाङ न्गुएमाका भतिज बाल्टासार एबाङ एङ्गोङ्गा “बेलो” लाई पैसाको दुरुपयोगको अभियोगमा अदालतले ८ वर्ष कैद सजाय सुनाएको छ।
राष्ट्रिय वित्तीय अनुसन्धान एजेन्सीका प्रमुख रहेका एङ्गोङ्गाले सार्वजनिक रकमलाई व्यक्तिगत प्रयोगमा लगाएको अदालतले ठहर गरेको हो। उनलाई २२ लाख डलर बराबरको जरिवाना पनि तोकिएको छ।
गत वर्ष उनको विभिन्न महिलासँगका आपत्तिजनक भिडियो सार्वजनिक भएपछि विवादमा परेका थिए। तीमध्ये कतिपय महिलाहरू सत्ता नजिकका व्यक्तिहरूका पत्नी वा नातेदार भएको बताइन्छ।
भिडियो लिकको घटना उनी भ्रष्टाचारको आरोपमा पक्राउ परेर मालाबोस्थित कुख्यात ब्ल्याक बिच जेल मा रहेका बेला भएको हो। आरोपअनुसार उनले क्यामेन टापुका गोप्य खातामा ठुलो रकम जम्मा गरेका थिए।
अदालतले उनीसँगै पाँच जना अन्य अधिकारीलाई पनि दोषी ठहर गरेको छ। ती अधिकारीहरूले झुटा यात्रा भत्ता देखाएर ९,००० डलरदेखि २२०,००० डलरसम्म रकम लिएको आरोप थियो।
ओबियाङ, जो १९७९ देखि सत्तामा रहेका विश्वकै सबैभन्दा लामो समय राष्ट्रपति बन्ने मध्ये एक हुन् । अहिले उनले आफ्ना छोरा टिओडोरो ओबियाङ माङ्गेलाई उपराष्ट्रपति बनाइसकेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण