धितोपत्र बोर्डले माग्यो कर्मचारी, असोज ९ गतेभित्र आवेदन दिन सकिने
शुक्रबार, १३ भदौ २०८२, ०८ : २५
काठमाडौं । नेपाल धितोपत्र बोर्डले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।
शुक्रबार सार्वजनिक गरिएको सूचनामा बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय) र वरिष्ठ सहायक (सहायक प्रथम) तहका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी आवेदन माग गरेको हो।
बोर्डका अनुसार सहायक निर्देशक प्रशासन समूहमा खुला १, कानून समूहमा मधेशी समावेशी १ र दलित समावेशी १ पदमा दरखास्त माग गरिएको छ। त्यस्तै, वरिष्ठ सहायक प्रशासन समूहमा खुला १ र महिला समावेशी १ गरी थप पदहरूका लागि पनि आवेदन खुला गरिएको छ।
तोकिएको योग्यता पुगेका उम्मेदवारहरूले बोर्डको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन असोज २ गतेभित्र दिन सकिनेछ भने दोब्बर दस्तुर तिरेर असोज ९ गते भित्र बुझाउन सकिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण