मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

भक्त राना स्मृति चेसको उपाधि सुमनलाई

शुक्रबार, १३ भदौ २०८२, १० : ५१
शुक्रबार, १३ भदौ २०८२

सारांश

  • भक्त राना स्मृति चेस प्रतियोगिता रौतहटका सुमन लामाले जिते।
  • रुकुमका मिलन रोक्का दोस्रो, निखिल चौधरी तेस्रो भए भने महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन्।
  • प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता रहेको थियो।

काठमाडौँ । भक्त राना स्मृति चेस प्रतियोगिताको उपाधि रौतहटका सुमन लामाले जितेका छन् । स्विस लिग प्रणालीमा ९ चरणमा भएको प्रतियोगितामा लामाले ८ अङ्क पाए ।

यसैगरी ८ अङ्क प्राप्त भएका रुकुमका मिलन रोक्का दोस्रो भए । निखिल चौधरी तेस्रो भए । ७.५ अङ्क प्राप्त गरेका सप्तरीका निखिल चौधरी तेस्रो हुँदा काठमाडौँका मणिराज डाँगी चौथो तथा ललितपुरका सानुभाइ महर्जनले पाँचौँ स्थान हासिल गरे । 

उपाधि विजेताले ३० हजार, उपविजेताले  २० हजार तेस्रो हुनेले १५ हजार, चौथो हुनेले १० हजार तथा पाँचौँ हुनेले ८ हजार रुपैयाँ पुरस्कार पाए । महिलातर्फ मोरङकी शान्ति धिमाल च्याम्पियन भइन् ।

नवलपुरकी उज्भानी कँडेल दोस्रो  र दनिसा पुरी तेस्रो भए । चितवनका सन्तोष गौतम बागमती प्रदेशका च्याम्पियन भए । 

लुम्बिनी प्रदेशमा कुशल बेलबासे च्याम्पियन भए । कोसी प्रदेशमा प्रेम खड्का पहिलो भए । गण्डकीमा सुशील सुवेदी पहिलो भए । मधेसमा सचिन कुमार चौधरी, कर्णालीमा मुस्कान कार्की र सुदूर पश्चिममा लेखराज भट्टराई पहिलो भए ।  

भेट्रान ६० वर्ष माथिमा जनार्दन श्रेष्ठ पहिलो भए । ५५ वर्ष माथि भुवनेश्वर चौधरी पहिलो भए । उमेर समूहमा य्–१८मा विपिन घिमिरे, यु–१६ मा सुभन्दिप थापा, यु–१४ मा विभव जोशी, यु–१२ मा आयान जोशी ।

यु–१० मा आयम सुवेदी पहिलो भए । यु–८ मा अङ्कुर पोखरेल पहिलो भए । १८०० रेटिङ मुनी राम कार्की पहिलो भए । १७०० मुनी कृश अधिकारी पहिलो भए । अनरेटेडमा भारतीय खेलाडी आदर्शराज पहिलो हुन सफल भए । 

नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले देशको परिवर्तनका लागि योगदान गर्ने व्यक्तित्वको सम्मानका लागि यस किसिमका आयोजनाले देश परिवर्तनमा विभिन्न क्षेत्रमा काम गरिरहेका मानिसहरूको लागि पनि प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे ।

अखिल नेपाल बुद्धिचाल सङ्घको आयोजनामा सञ्चालित २ दिने प्रतियोगितामा २२१ जना खेलाडीको सहभागिता थियो । प्रतियोगिताको मुख्य मुख्य निर्णायक अन्तर्राष्ट्रिय आर्बीटर ज्ञानेन्द्र खाइजु नेतृत्वको टोलीले प्रतियोगिता सञ्चालन गरेको थियो ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप