समाचार
अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता
शुक्रबार, १३ भदौ २०८२, १२ : २२
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता डा. अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको छ।
- बेलायतमा बस्ने एक युवतीलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो।
- जिल्ला अदालतमा बयान सुरु भएको छ र थुनछेक बहसपछि उनलाई थुनामा पठाउने वा धरौटीमा छाड्ने निर्णय हुनेछ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय सदस्य डा. अरनिको पाँडेविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दर्ता भएको छ । पाँडेले बेलायत बस्ने एक युवतीलाई सामाजिक सञ्जाल मार्फत गालीगलौज गरेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।
प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले आजै दायर गरेको मुद्दामा काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा पाँडेको बयान सुरु भएको छ ।
बयान सकिएपछि थुनछेक बहस हुनेछ । त्यसपछि पुर्पक्षका लागि कारागार पठाउने वा साधारण तारेख तथा धरौटीमा छाड्ने मध्ये एक आदेश आउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण