‘प्रतिपक्षी दलहरूले आफ्नो राजनीतिक रोटी सेक्न सरकारबारे जनता भ्रम फैलाए’
सारांश
- एमाले सांसद पदम गिरीले विपक्षी दलहरूले सरकारको कामबारे भ्रम फैलाएको आरोप लगाए।
- गिरीले सरकारले अर्थतन्त्रलाई सही दिशामा लैजाँदै गरेको दाबी गरे।
- उनले विपक्षीहरूले राजनीतिक स्वार्थका लागि झूटो प्रचार गरेको आरोप लगाए।
काठमाडौँ । नेकपा (एमाले)का सांसद पदम गिरीले प्रतिपक्षी दलहरू सरकारको कामबारे जनता बिच अनावश्यक भ्रम फैलाउन व्यस्त रहेको आरोप लगाएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकमा बोल्दै गिरीले सरकारले गरेका कामलाई लिएर सिर्जनात्मक आलोचना गर्न कसैलाई रोकिएको छैन तर तथ्य र तथ्याङ्कमा आधारित नभई भ्रमपूर्ण प्रचार गरिएको दाबी गरे।
उनका अनुसार सरकारले बिग्रिएको अर्थतन्त्रलाई सही दिशामा अघि बढाइरहेको छ तर प्रतिपक्षी दलहरूले आफ्नो राजनीतिक स्वार्थका लागि ‘देश लुटिएको छ, भ्रष्टाचार मौलाएको छ’ जस्ता आरोप लगाएर जनता भ्रमित पारेका छन्। गिरीले भने, ‘संसद्भित्र मात्र होइन बाहिर सामाजिक सञ्जालमा समेत तथ्यहीन आधारमा प्रचार भइरहेको छ। लोकतन्त्रमा आलोचना र खबरदारी जायज हो तर स्वार्थका लागि झूटो प्रचार गर्नु गलत हो।’
गिरीले आर्थिक वर्ष २०८१/८२ का आर्थिक परिसूचकहरू हेरेर मात्र सरकारको कामको मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
-
फ्रान्समा १५ वर्षमुनि बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण