खेलकुद
१७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधि भारतलाई
नेपाल ५–० गालअन्तरले पराजित
शुक्रबार, १३ भदौ २०८२, १९ : ५१
काठमाडौँ । भारतले एक खेलअगावै तेस्रोपटक १७ वर्षमुनिको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ।
थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शुक्रबार सम्पन्न खेलमा भारतले नेपाललाई ५–० ले पराजित गर्दै उपाधि पक्का गरेको हो।
भारतले यसअघि सन् २०१८ र ०१९ मा लगातार दुईपटक उपाधि जितेको थियो।
भारतले ५ खेलबाट १५ अङ्क जोडेको छ । दोस्रो स्थानमा रहेको बङ्गलादेशको समान खेलबाट १० अङ्क छ। अब अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन्।
नेपालले भने अन्तिम खेलमा भुटानको सामना गर्नेछ । नेपालको ५ खेलबाट ३ र भुटानको समान खेलबाट १ अङ्क रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण